३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

चन्द माओबादिद्धारा जग्गा कब्जा

४ मंसिर २०७२, शुक्रबार ०७:०८

सलिम अन्सारी/मसिर ४, प्युठान  । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादिका कार्यकर्ताले स्थानियको जग्गा कब्जा गरेको घोषणा गरेका छ्न।माओबादी कार्यकर्ताले प्यू न पा ६ पाण्डेडाडा निवासि सावित्रा जि.सि वाट चुजा ६ का वुद्ध वहादुर जिसि को नाममा नामसारि गरिएको कित्ता नं ८४२ को जग्गा आफ्नो पार्टिले कव्जा गरेको माओवादीका जिल्ला सचिव रत्न वहादुर थापाले वताए ।जग्गा हामिले कब्जा गरेउँ सचिव थापाले भने जनता माथिको अन्याय अत्याचार सहदैनौउक्त जग्गा किर्ते कागजात पेस गरि वुद्ध वहादुर जि.सि. ले जग्गाधनि विनै आफ्नो नाममा नामसारी गरि अर्कैलाई वेचेको आरोप माओवादीले लगाएको छ । माओवादीले राप्रपा प्यूठानका उपाध्यक्ष, जिविस पुर्व उपसभापति एवं स्थानिय शान्ति समिति प्यूठानका पुर्व संयोजक समेत रहेका जि.सि. लाई कोरा कागजमा ल्याप्चे लगाई नक्कलि तमसुक वनाएको, पद र पहुँचको दुरुपयोग गरि जग्गाधनि विनै नक्कलि कागजात पेस गरि अरुको जग्गा आफ्नो नाममा पास गरेको, ऋण लगेर फिर्ता नगरेको लगायतका ८ वटा आरोपहरु लगाएको छ ।

2

आफुहरुले झण्डा गाडेर कव्जा गरेको जग्गा पार्टिले वास्तविक जग्गाधनि सुमित्रा जिसि लाई नै फिर्ता गर्ने र उनले भोगचलन गर्ने क्रममा कसैले अवरोध गरे त्यसको विरुद्ध सिंगो पार्टि उत्रने सचिव थापाले वताउनु भयो । “हामिले पार्टिमा निवेदन परिसकेपछि उहालाई पटक पटक भेटन खोज्यौं र पत्राचार पनि गर्यौं तर उहाँ भागिरहनु भएको छ”, थापाले भने “यदि उहाँको कमजोरि छैन भने किन भाग्नुहुन्छ ? त्यसैले जालसाजि भएको पुष्टि भएको छ । जालसाजि गरेर पास गरेको जग्गा हामि वास्तविक धनिलाई फिर्ता गर्दछौं ।”

सुमित्रा जिसि ले पनि आफ्नो जग्गा अर्कैले पास गरेको कुरा भर्खरै मात्र थाहा भएको वताईन । उनले जग्गाकव्जा कार्यक्रममा वोल्दै भनिन् “मलाई कोरा कागजमा ल्याप्चे लगाउन भन्नुभयो । ससुरा पर्ने भएकाले विस्वासमा परेर मैले गरिदिए । एक लाख एक सयको तमसुक गराएको र मेरो जग्गा आफ्नो नाममा पास गरेर अर्कैलाई वेचेको वल्ल थाहा पाएं ।”

कार्यक्रममा माओवादी नेता दधिराम सुवेदिले सुभित्रा जिसि जस्ता एकल महिलाको जग्गा किर्ते गरि आफ्नो नाममा पास गरेर जिसि ले असामाजिक एवं गैह्रकानुनि काम गरेको वताए।

1

जिसि लाई माओवादीले लगायका आरोपहरु यस्ता छन् ।
१ कोरा कागजमा सुमित्रा जि.सि. लाई ल्याप्चे लगाउन पठाई रु एक लाख एक सय को नक्कलि तमसुक गराएको ।
२ सुमित्रा जिसि संगै दुईवटा सुनका वाला लगि असहज ढंगले फिर्ता गरेको ।
३ देवा खडकावाट ४० हजार ऋण लगि आधा मात्र फिर्ता गरेको ।
४ सुमित्रा जिसि कै आज कव्जा गरेको जग्गा किर्ते काजजात पेस गरि आफ्नो नाममा पास गर्रेको ।
५ छलफलमा वोलाउदा नआएको ।
६ माओवादीले कञ्चटमा पेस्तोल ताक्दा त डराईन तं संग डराउन्न भनि धम्कि दिने गरेको ।ं
७ मिश्रण के सि को वाग्दुलामा रहेको १६१४ कित्ता न रहेको ००.३५० क्षेत्रफलको जग्गा किर्ते गरि आफ्नो नाममा पास गरेको ।
८ माओवादीले उक्त जग्गा कव्जा गरि मिश्रण केसि लाई भोगचलन गर्न दिएकोमा वल प्रयोग गरि आफै भोगचलन गरेको ।यो वारेमा वुद्ध वहादुर जिसि लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी