पुस ५, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र माओवादीसँगको एकीकरण सँग-सँगै हुने बताएका छन्।
काठमाडौंमा वाम गठबन्धनबाट निर्वाचित भएकाहरुलाई बधाई दिन आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकता भएरै छाड्ने बताए । ओलीले भने ‘हामी सरकार गठन र पार्टी एकीकरण सँगै गर्दै जान्छौं, कतिपय अहिले पनि हामीलाई भाँड्न खोजेका छन् । तर हामी जसरी पनि एकता गरेरै छोड्नेछौं।’
ओलीले धेरैले एकीकरण भए एमालेले माओवादीलाई निल्ने र माओवादीसँग एमाले मिलिहाले पनि एमालेको विश्वसनियता घट्नै भन्दै उक्साएको बताए । यही बिषयमा उनले भने -‘मैले उनीहरुलाई भन्ने गरेको छु, एकीकरण भयो भने एमालेले माओवादीलाई निल्छ, माओवादीले एमालेलाई निल्छ, त्यसपछि न एमाले रहन्छ न माओवादी रहन्छ,’ ओलीले एमाले र माओवादी पूर्व पार्टीको रुपमा परिणत भई नयाँ पार्टी बन्ने बताए ।