२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पन्चेबाजा सँकटमा, बिहेमा बज्न छोडे मङ्गल धुन

२०७२, १२ मंसिर शनिबार १२:१९

सलिम अन्सारी/मङ्सिर १२, प्युठान । यो बिहेको मौसम हो, तर गाउँमा बिहेको रौनक देखिन्ऩ । शहर बजार होस या गाउँघरमा हुने बिबाह उसै पनी रमाईलो हुन्छ । बिहेको रङ्गीबिरङ्गी बातारणमा बाजाको मङ्गलमय धुनले सबैतिर उल्लासमय र उमङ्गमय बनाईरहेका नै हुन्छन ।

तर समय बदलिए सँगै बिहेको शैली पनी फेरिदैँ जान थालेपछी गाउँघर तिर पन्चेबाजाको मागमा समेत कमी हुँदै गएको छ । नयाँ पुस्ताले सिप र कला नसिक्दा र पहिलेका बुढापाकाहरु पुरानिदै गयपछी परम्परा नै लोप हुने अबस्थामा पुगेको छ । परम्परा देखी दमाई समुदायले बजाउँदै आएको पन्चेबाजा सँकटमा परेको हो ।

प्युठानको हँसपुरमा बस्दै आएका दमाईहरुले त्यस क्षेत्रका बिभिन्ऩ समुदायको शुभबिबाह,सभा समारोह,पुजाआजा र उत्सबका बेला बाजा बजाउँदै आए पनी पछिल्ला बर्षहरुमा यस्को लोकप्रियता घट्दै गयको स्वयँम उनीहरु बताउँछन ।

पहिले जस्तो मागी बिहे गर्ने चलन निकै कम भयकाले पन्चेबाजाको प्रयोगमा कमी आएको हो । उनीहरुले बाजा बजाएर अघी लागे शुभ हुने बिस्वाश लिईन्छ, बाजा बजाउने दमाईहरुको सँख्या भने आधा दर्जन भन्दा बढि छैन्ऩ।बाजा बजाउने दमाईको सँख्या नै कम भयकाले साँस्कृतिक एबम धार्मिक परम्परालाई निरन्तरता दिन पनी समस्या भयको छ ।

स्थानियबासी मुम बहादुर परियारले भने, युवाहरु बजाउने तर्फ आकर्षित नै छैन्ऩ अचेल बिहेमा पन्चेबाजा बजाउने चलनमा कमी आएका कारण दमाई समुदायका युवाहरुले पनी रोजगारीको अन्य बिकल्प रोज्न थालेका छन । जिल्लामा हुने बिभिन्ऩ सभा समारोहमा बाजागाजा बजाउने समुहमा बुढापाकाहरुलाई बढि देख्न सकिन्छ । शुभबिबाहका साथै गाउँमा हुने एकाध सार्बजनिक समारोहका अतिथीहरुलाई पन्चेबाजा बजाएर स्वागत गर्ने गरिन्छ ।

पन्चेबाजा अर्न्तगत दमाहा, झ्याली, ट्याङ्को, नरसिङ्गा र सनहि पर्छन । हँसपुर गाबिसमा घण्रघछ घरधुरी दमाई समुदायको बसोबास रहेको छ । अधिकाशँ युवा कामका लागी भारत तिर छिरेका छन । गाउँमा बाजा बजाउने केटाहरु नै छैन्ऩ । स्थानिय रुक बहादुर नेपालीले भनेुहामीहरुले बाजा बजाउन छोड्यौ भने यहाँ बाजा बजाउने मानिस नै छैन्ऩ । गाउँमा बसेका युवाहरुले बाजा बजाउन सिकेका छैन्ऩ ।

बाजा बजाउन जान्ऩेहरु बितेपछी बाजा बजाउने अर्को पुस्ता नै छैन्ऩ । हँसपुर टका जुठे नेपालीले भनेुबाजा बजाउनेहरु भयन्ऩ भने यहाँको परम्परा नै सँकटमा पर्छ।गाउघर तिर पन्जेबाजाको समुह अगाडी लगाएर जन्ती सहित दुलहि लिन जाने गर्छन । पन्जेबाजा बेहुला पक्षको घरबाट बजाउन बोलाईने चलन छ ।

उनीहरुले बाजा बजाए बापत पारिश्रमिक स्वरुप पन्ध्र सय देखी पच्चिस सय रुपैयाँ सम्म लिने गरेका छन । पहिले जस्तो बाबुआमाले छिनेका सँगै बिहे गर्नेहरुको कमी आएकाले र युवायुवतीले प्रेम बिबाह र मन्दिरमा गइ बिहे गर्ने प्रचलनका कारण पन्चेबाजाको प्रयोगमा कमी आएको अधिकाशँको बुझाई छ ।
साईतको बेला बजाईने बाजा भयकाले पन्चेबाजा बजाउने सँस्कृतीलाई निरन्तरता दिनुपर्ने बुढापाकाहरुको सुझाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ