१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

आँबुखैरेनीमा फोहरमैला व्यवस्थापन केन्द्र संचालन

६ पुष २०७४, बिहीबार ०३:२३

पुस ५, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । 

ल्याण्डफिल्ड साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो । रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरी फोहर फाल्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । 

आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो, थापाले भन्नुभयो । वार्षिक रु ७२ हजार भाडा दिने गरी १० वर्षका लागि जग्गा लिइएको जानकारी उहाँले दिनुभयो । 

उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ बजार क्षेत्रबाट दैनिक उठ्ने तीन ट्रक फोहर सो केन्द्रमा लगी फाल्ने गरिएको गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापाले बताउनुभयो । फोहरलाई मोहोर बनाउने उद्देश्य लिइएको उहाँले बताउनुभयो । 

कुहिने फोहरबाट प्रांगारिक मल बनाउने र नकुहिने फोहर शिशा, प्लाष्टिक, प्लाष्टिकका बोतल पुनःप्रयोग गर्न सकिने वस्तुलाई बिक्री गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कर्मचारी बताउँछन् । 

फोहरलाई व्यवस्थित ढंगबाट संकलन गरी केन्द्रसम्म पु¥याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालीम दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ