२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तीपीडित मैसरा भन्छिन्- ‘कसैले मेरो समस्या बुझ्दैन’

६ पुष २०७४, बिहीबार ०३:३२

पुस ५, कञ्चनपुर । जंगली हात्तीको झुण्डले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका–३ बडुवाल टोलका ७५ वर्षीय ज्येष्ठ नागरिक मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छिन् । 

आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकैले उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भदौ २३ गते राति हात्तीको बथानले बुढाको घर भत्काएको थियो । त्यसपछि उनी नातिनी नाता पर्ने लक्ष्मी खत्रीको घरमा शरण लिएर बस्दै आएकी हुन् । 

हात्तीले उनले घरभित्र भण्डारण गरेर राखेको अन्न, ओढ्ने बिछ्याउने, लगाउने लुगाफाटो र खाना पकाउन प्रयोग हुने भाँडाकँुडा सबै नष्ट गरिदिए पछि उनले बाध्य भएर आफन्तको शरणमा बस्नु परेको बताइन् । 

आर्थिक अभाव र उमेरका कारण ओतलाग्ने नयाँ घर निर्माण गर्ने क्षमता छैन, उनले दुखेसो पोख्दै भनिन,् “अन्न र लुगाफाटोको समेत व्यवस्था नहँुदा आफन्तले दिएको दुई छाकको खाना र लुगाफाटोमै गुजारा चलाउन विवश भएकी छु ।” 

ओत लाग्ने टहरा बनाउन पैसा नभएका कारण आफन्तको घरमा रात बिताउँदै आएको मैसराले बताइन् । हात्तीले घर भत्काइ दिएपछि नातिनीको घरमा बास बस्दै आएकी छु, मैसराले भनिन्, “कसैले सहयोग गर्लान् भनेको कसैले सहयोग गरेनन् ।” उनका श्रीमान्को जंगली हात्तीको झुण्डले विसं २०७२ मा ज्यान लिएको थियो । 

“खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बित्छ, आफन्तको घरमा सुत्दा पनि कति बेला हो, राति हात्ती आएर मार्ला भन्ने डर छ,” मैसराले भनिन् । 

आफन्तको शरणमा बस्दै आएका मैसरालाई कोही दाता आएर सहयोग गर्ला र घर बनाउँला भन्ने आशा भने जीवित रहेको छ । 

हात्तीले बेघर बनाएका बुढालाई घर बनाउन सबै थोक किन्नुपर्ने भएको छ । शरीरमा लाउने एकसरो लुगाबाहेक सबै थोक हात्तीले नष्ट गरेपछि ज्येष्ठ नागरिक मैसरालाई आगामी दिनमा कसरी गुजारा चलाउने भन्ने निकै ठूलै पिरलो छ । 

सबै आउँछन् आश्वासन दिएर मात्रै जान्छन् उनले भनिन्, “कसैले मेरो समस्या बुझ्दैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य