2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तीपीडित मैसरा भन्छिन्- ‘कसैले मेरो समस्या बुझ्दैन’

पुस ५, कञ्चनपुर । जंगली हात्तीको झुण्डले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका–३ बडुवाल टोलका ७५ वर्षीय ज्येष्ठ नागरिक मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छिन् । 

आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकैले उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भदौ २३ गते राति हात्तीको बथानले बुढाको घर भत्काएको थियो । त्यसपछि उनी नातिनी नाता पर्ने लक्ष्मी खत्रीको घरमा शरण लिएर बस्दै आएकी हुन् । 

हात्तीले उनले घरभित्र भण्डारण गरेर राखेको अन्न, ओढ्ने बिछ्याउने, लगाउने लुगाफाटो र खाना पकाउन प्रयोग हुने भाँडाकँुडा सबै नष्ट गरिदिए पछि उनले बाध्य भएर आफन्तको शरणमा बस्नु परेको बताइन् । 

आर्थिक अभाव र उमेरका कारण ओतलाग्ने नयाँ घर निर्माण गर्ने क्षमता छैन, उनले दुखेसो पोख्दै भनिन,् “अन्न र लुगाफाटोको समेत व्यवस्था नहँुदा आफन्तले दिएको दुई छाकको खाना र लुगाफाटोमै गुजारा चलाउन विवश भएकी छु ।” 

ओत लाग्ने टहरा बनाउन पैसा नभएका कारण आफन्तको घरमा रात बिताउँदै आएको मैसराले बताइन् । हात्तीले घर भत्काइ दिएपछि नातिनीको घरमा बास बस्दै आएकी छु, मैसराले भनिन्, “कसैले सहयोग गर्लान् भनेको कसैले सहयोग गरेनन् ।” उनका श्रीमान्को जंगली हात्तीको झुण्डले विसं २०७२ मा ज्यान लिएको थियो । 

“खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बित्छ, आफन्तको घरमा सुत्दा पनि कति बेला हो, राति हात्ती आएर मार्ला भन्ने डर छ,” मैसराले भनिन् । 

आफन्तको शरणमा बस्दै आएका मैसरालाई कोही दाता आएर सहयोग गर्ला र घर बनाउँला भन्ने आशा भने जीवित रहेको छ । 

हात्तीले बेघर बनाएका बुढालाई घर बनाउन सबै थोक किन्नुपर्ने भएको छ । शरीरमा लाउने एकसरो लुगाबाहेक सबै थोक हात्तीले नष्ट गरेपछि ज्येष्ठ नागरिक मैसरालाई आगामी दिनमा कसरी गुजारा चलाउने भन्ने निकै ठूलै पिरलो छ । 

सबै आउँछन् आश्वासन दिएर मात्रै जान्छन् उनले भनिन्, “कसैले मेरो समस्या बुझ्दैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा