१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

६ पुष २०७४, बिहीबार ०३:४०

पुस ६, नवलपरासी । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । 

नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । 

संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरले संयुक्त गस्ती गरेका थिए । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकीको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरको सशस्त्र प्रहरी नायब उपरीक्षक एन चोंगलोइको नेतृत्वमा रहेको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको थियो । 

सो क्रममा नेपाल—भारत सीमा क्षेत्रमा देखिएको चोरी निकासी, सुरक्षा चुनौती, सुरक्षाको दृष्टिकोणले देखिएको समस्या संयुक्तरुपमा दुवै देशका सुरक्षाकर्मी मिलेर समाधान गर्न छलफलसमेत गरिएको थियो । 

संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरीबाट १३ जना, सशस्त्र सीमा बल एसएसबीबाट १० जना र नेपाल प्रहरीबाट आठजना सुरक्षाकर्मीको संयुक्त सहभागिता रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ