१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका निजी अस्पतालमा मनपरी बेडचार्ज शुल्क असुल्दै

६ पुष २०७४, बिहीबार ०३:४२

पुस ६, मोरङ । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । 

नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गर्नुभयो । 

मोरङको नाम चलेको अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको रु ८०० देखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको रु तीन हजार, डिलक्सको रु चार हजार र आइसियुको दैनिक रु छ हजार श्यया शुल्क लिने गरेको छ । 

त्यस्तै, विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २५०, डिलक्स रु दुई हजार ७७५ र सुपर डिलक्सको नाममा रु तीन हजार ८८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको रु छ हजार शुल्क लिने गरेको छ । 

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको रु एक हजार ५० देखि रु दुई हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा रु सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क रु एक हजार, डिलक्स रु तीन हजार र आइसियुमा रु छ हजार बेड शुल्क लिने गरेको छ । 

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको रु ३५० देखि रु एक हजार, आइसियु रु तीन हजार ५०० र एनआइसियुको रु चार हजार ५०० लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भन्नुभयो, “अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?” 

सो अस्पतालले सामान्य श्ययाको रु ३५०, क्याबिनमा सिङ्गल रु एक हजार र डबल रु ७५० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताउनुभयो । गोपाल प्रसाद पोखरेल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ