सलिम अन्सारी, मंसिर १८, प्युठान / प्युठानका किसानलाइ यो बर्ष उत्पादन भएको अदुवा बिक्री नहुने चिन्ताले पिरोल्न थालेको छ। भारतको अघोषित नाकाबन्दिका कारण इन्धन अभाव हुँदा जिल्ला बाहिरका अदुवा व्यापारी खरिद गर्न हाल सम्म पनि नआउँदा किसान चिन्तीत बनेका हुन।ठूलो मात्रामा अदुवाको कारोवार हुने यो बेलामा अदुवाको निर्यात ठप्प बनेपछी किसानले राम्रो मूल्य पाउन नसकेका हुन।
जिल्लाकै सबै भन्दा बढी अदुवा उत्पादन हुने हंसपुर ढुङ्गेगदी तिराम मर्काबाङ गाबिसका किसानले उत्पादन गरेको अदुवा जिल्लाका ब्यापारिले खरिद गरि गोदाम मै थन्काएका छन।किसानले उत्पादन गरेको अदुवा छिटपुट बजार ल्याउने क्रम नरोकिए पनि यहाँबाट बाहिरी जिल्ला र भारतिय बजारमा निर्यात गर्न नसक्दा अदुवा थन्काउनु पर्ने भएकाले ब्यापारिले पनि थोरै मुल्यमा खरिद गर्ने गरेका छन।
अदुवा निर्यात हुन नसक्दा अदुवाबाट राम्रो आम्दानी गर्ने सोचमा रहेका कृषक निरास बनेको ऐरावती बहुउद्द्यशिय सानाकिसान सहकारी संस्था बड्डाडाँले बताएको छ।अदुवा बिक्री नहुदाँ वारि मै कुहिने अबस्थामा पुगेको किसानहरु बताउछन। यस भेगका झन्डै ७ सय किसान अन्नबाली छोडेर अदुवा खेती तर्फ लागेको सहकारीको तथ्याङ्क छ।
जिल्लामा करिव दुई सय बीस हेक्टर क्षेत्रफल जमिनमा अदुवा खेती गरिदै आएको छ।गत बर्ष जिल्लामा दुई हजार आठ सय पचहत्तर मेटृक्टन अदुवा उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय प्युठानले बताएको छ।मधेश आन्दोलन र अघोषित नाकाबन्दिका कारण यो बर्ष कृषकले ठूलो नोक्सानी ब्योहर्नु परेको बरिष्ट कृषि बिकास अधिकृत शिवनारायण चौधरिले बताए।