Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पिडितको सहयोगार्थ ७५ हजार संकलन

२०७४, ६ पुष बिहीबार १३:४४

चिसाङ शेर्पा | पुस ६, खोटाङ | आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पिडितको परिवारको सहयोगार्थ देशबिदेशमा आर्थिक संकलन अभियान थालिएको छ । 

आगलागीमा घर तथा बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको पुःर्नस्थापनाका लागि देशबिदेशमा आर्थिक सहयोग संकलन थालिएको हो । अग्नी पिडितको पुःर्नस्थापना एबं सहज जीवनयापनका लागि आफन्त तथा शुभेच्छुकले अभियानको छोटो समयमै ७५ हजार भन्दा बढि रकम संकलन गरिसकेका छन् । अग्नी पिडितलाई हस्तान्तरण गर्ने गरी हालसम्म ७५ हजार ६० रुपैयाँ रकम संकलन भइसकेको अभियानमा संलग्न स्थानीयले बताएका छन् । 

गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका पिडितको सहयोगका लागि हङकङमा रहेका नयन राई, मलेसियामा रहेका जनक राई, काठ्माण्डौंमा रहेका द्धारसिं राई लगायतको पहलमा सहयोग संकलन अभियान थालिएको हो । केही समयसम्म सहयोग संकलन अभियानलाई जारी राखेर पिडितलाई रकम हस्तान्तरण गरिने पिडितका छिमेकी एबं सामान्य प्रशासन अधिकृत खम्बराज राईले बताए । पिडितको सहयोगार्थ मलेसिया, हङकङ, साउदीअरब, ब्रुनाई, कुबेत लगायतका ठाउँबाट सहयोग प्राप्त भइरहेको छ । ‘संकलन भएको रकम मेरै खातामा जम्मा भइरहेको छ, केही समयसम्म अभियान चलाएर पिडितलाई प्रदान गर्ने तयारी गरेका छौँ,’ राईले भने, ‘सबै जना एकजुट भएर विपत्तीको सामना गर्नका लागि पिडितको सहयोगार्थ अभियान चलाइएको हो ।’ 

आगलागीमा राईको १६ लाख ४८ हजार बराबरको धनमाल नष्ट भएको थियो । आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाय लगायत जलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी