६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम गठबन्धनको ५ बर्षे सरकार: अढाइ वर्ष ओली, अढाइ बर्ष ‘प्रचण्ड’ !

७ पुष २०७४, शुक्रबार ०८:५१

पुस ७, काठमाडौं । बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछी भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आधा-आधा समय सरकारको नेतृत्व गर्ने भएका छन् । यस अनुरुप्प गठबन्धनले पार्टीको नेतृत्व समेत यसरी नै अढाई बर्ष प्रचण्ड नेतृत्वमा र अढाई बर्ष ओलीको नेतृत्वमा संचालन हुने बताइएको छ । 

दशैंपछि भएको संयुक्त ७ बुँदे सहमतिमा समेत यस बिषयलाई स्पष्ट उल्लेख गरिएको पाइएको छ । ७ बुँदे सहमतिमा ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ भन्ने बिषयलाई समेत तेश्रो नम्बरको बुदामा उल्लेख गरिएको छ । यस बिषयमा दुवै दलका अध्यक्षले सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको बिषयमा आफ्ना केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकेको बताइएको छ । 

आलोपालो प्रधानमन्त्री हुँदा पहिले ओलीको नेतृत्वमा र त्यसको अढाई बर्ष पछी प्रचण्डले नेतृत्व लिने बताइएको छ । एमालेले सरकार निर्माण अगाबै पार्टी एकता टुंग्याउन भनेको छ । यदी सरकारको आलोपालोकै नियम अनुसार पार्टीको पनि एकता भएको खण्डमा पार्टी नेतृत्व पनि उसैगरि आलोपालो हुने अवस्था आउँछ । यदी सरकारको नेतृत्व ओलीले लिँदा पार्टीको नेतृत्व प्रचण्डले लिने र प्रचण्डले सरकार सम्हालेपछी फेरी ओलीनै पार्टीको अध्यक्ष बन्ने अवस्था आएमा पार्टी एकता र सरकारमा सहकार्यको लागि सहज हुने एक माओवादी नेताले बताए । 

तर पार्टी अध्यक्ष को बन्ने भन्ने बिषयमा वाम गठबन्धनको सम्झौतामा केही पनि उल्लेख नहुँदा ओली नेतृत्वको सरकार हुँदा प्रचण्डनै अध्यक्ष बन्ने भन्न सकिने अवस्था भने छैन । एमालेका शिर्ष नेताहरुले समेत एकतामा जाने हो भने प्रचण्डलाई नेता मान्न पर्ने बताउँदै आएका छन् । माओवादीले सामुहिक नेतृत्व हुनुपर्ने शर्त राखेको अवस्थामा पार्टी एकता हुने स्थिति नआएपनि सरकार भने आलोपालो चलाउने बिषयमा लगभग सहमति जुटीसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति