३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बाङ्गेशालमा निशुल्क आँखा शिविर बस्दै

२७ मंसिर २०७२, आईतवार ०८:२५

मंसिर २७, प्युठान / दक्षिणि प्युठानको बाङ्गेशालमा निशुल्क आँखा जाच तथा मोतियाबिन्दुको शल्क्रीया शिविर सन्चालन हुने भएको छ।
जनमुखी सामुदायिक बिकास केन्द्र, बाङ्गेशाल स्वास्थय चौकी र गाउँ बिकास समितीको स्थानिय आयोजना तथा लमही आँखा अस्पताल लमही दाङको प्राबिधिक सहयोगमा पौष १ र २ गते शिविर सन्चालन हुन लागेको हो।स्वास्थय चौकी बाङ्गेशालमा दुई दिन सम्म सन्चालन हुने उक्त शिविरमा सामान्य आँखाका रोगिलाइ चेकजाँच तथा पुरै आँखा नदेख्नेलाई निशुल्क अप्रेशन गरिने बताइएको छ।

गाउँघरमा रहेका र शहरका अस्पतालमा पुगेर उपचार गराउन नसक्ने गरिव तथा बिपन्न आँखाका रोगिहरुलाइ लक्षित गरि घरदैलो मै शिविर आयोजना गरिएको जनमुखि सामुदायिक बिकास केन्द्र बाङ्गेशालका अध्यक्ष प्रकाश आचार्यले बताए।उनले यस भेगमा आँखाका रोगिहरु धेरै भएकाले शिविर राखिएको जानकारी दिए।

शिविरमा जिल्लाको ग्रामिण भेगका सेवाग्राहिका साथै छिमेकी जिल्ला अर्घाखाचि र दाङका सिमानाका सर्बसाधारणले समेत सेवा लिने आयोजकले बताएको छ।यस अघि २०६७ सालमा सन्चालन गरिएको शिविरमा एक हजार सर्वसाधारणले आँखा जांच गराउनुका साथै एक सय जनाको मोतियाबिन्दुको शल्क्रीया गरिएको थियो।

आयोजकले स्थानियस्तरमा आयोजित शिविरबाट सेवा लिन सबैलाइ आग्रह समेत गरेको छ। २०६५ सालमा स्थापना भएको जनमुखी सामुदायिक बिकास केन्द्रले बालबिबाह, महिला हिसां,युवा शसक्तिकरण लगाएतका सामाजिक कार्यका साथै बेला बेलामा जनहितमा आधारित निशुल्क स्वास्थय शिविर समेत आयोजना गर्दै आयको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली