२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बाङ्गेशालमा २ दिने निशुल्क आँखा शिविर सम्पन्न(फोटो सहित)

२ पुष २०७२, बिहीबार १४:०३

सलिम अन्सारी, पुस २, प्युठान । ‘स्वच्छ आँखा,स्वच्छ संसार’ भन्ने मुल अबधारणाका साथ प्युठानको बाङ्गेशालमा सन्चालन गरिएको दुई दिने निशुल्क आँखा शिविर बिहिवार सम्पन्न भएको छ ।

जनमुखी सामुदायिक बिकास केन्द्र बाङ्गेशाल, बाङ्गेशाल स्वास्थय चौकि र गाउँ बिकास समितीको स्थानिय आयोजना तथा लमही आँखा अस्पताल लमही दाङ्को प्राबिधिक सहयोगमा मोतियाबिन्दुको अप्रेशन सहितको निशुल्क आँखा जाँच शिविर सन्चालन गरिएको हो।
pyuthan 1
पौष १ र २ गते बाङ्गेशाल स्वास्थय चौकीमा सन्चालन गरिएको उक्त शिविरमा ५ सय ५० जनाले आँखा जांच गराएको र त्यस मध्यय ५५ जनाको मोतियाबिन्दुको निशुल्क शल्क्रीया गरिएको उपचारमा संलग्न डाक्टर जेनु सैजुले जानकारी दिइन। उनका अनुसार आँखा जाँचका क्रममा जलबिन्दु,डेढो आँखा भएका चस्मा लगाउनुपर्ने बिरामिलाइ उपचार गरिएको थियो। शिविरमा दुबै आँखा नदेख्ने एक आठ बर्षिय बालकको पनि मोतियाबिन्दु भेटिएको र एक ८८ बर्षिय बृद्धको मोतियाबिन्दुको शल्क्रीया गरिएको थियो।

जिल्लाको ग्रामिण भेगमा सन्चालित शिविरबाट जिल्लाबाशीका साथै छिमेकी जिल्ला अर्घाखाँचिको पश्चिमी भेगका गाबिस सिद्धारा जलुके र दाङ्को लालमटिया हांसिपुर,रोल्पा जिल्लाका स्थानियहरुले आँखा जाँच गराएका थिए। आँखाका बिरामिहरुलाइ निशुल्क औषधि समेत बितरण गरिएको जनाइएको छ।
pyuthan 2
शिविरमा निशुल्क आँखा जांचका साथै आँखा सम्बन्धी सुझाव पाएको भन्दै समाजसेवी टँक सुनारले सहभागी टोलिलाइ धन्याबाद दिदै आगामी दिनमा पनि गाउँलेको स्वास्थय हेर्ने शिविर ल्याउन आग्रह गरे।जनमुखी सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रकाश आचार्यले यस अघि पनि पटक पटक यस्ता शिविर आयोजना गरेको भन्दै आगामी समयमा पनि संस्थाले यश भेगमा सामाजिक उत्तरदायित्व सम्बन्धी जनहितमा आधारित विभिन्न कार्यक्रम गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ