१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सबैभन्दा बढी महिला र बालिकाको अधिकार हनन् भएको खुलासा

७ पुष २०७४, शुक्रबार १२:१८

चिसाङ शेर्पा/पुस ७, खोटाङ । खोटाङमा महिला तथा बालिका अधिकार हनन् सम्बन्धी ४५ वटा घटना भएको पाईएको छ । 

नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०१८ का लागि ईन्सेकद्वारा संकलित घटनाहरुको बार्षिक पूर्ब समीक्षा गर्दा जिल्लामा महिलाअधिकार हनन्का ३३ र बाल अधिकार हनन्का १३ घटना भएको पाईएको हो । 

शुक्रबार सदरमुकाम दिक्तेलस्थित सगरमाथा होटलमा ईन्सेक खोटाङले आयोजना गरेको कार्यक्रममा एक जनामा बलात्कार ,एक जनामा बलत्कार पछि बेचविखन, दुई बलात्कारको प्रयास, ८ बहुविवाह, १० घरेलु हिंसा तथा ११ वटा अन्य प्रकारले महिलामाथि दुब्र्यवहार भएको जनाईएको छ ।


सन् २०१७ जनवरीदेखि डिसेम्वर १५ भरीका जिल्लामा सङ्कलन गरिएका मानवअधिकार र ज्यादतीका ६९ वटा घटनामध्ये बालअधिकार हनन्का १३ वटा घटना रहेका छन् । सो मध्ये १२ जना बालिका र एक शिशु पीडित बनेको ईन्सेकको तथ्याङकमा उल्लेख छ । बालअधिकार हनन्मा आठ बालिका बलत्कार तथा ४ बालिकामाथि यौनजन्य दुव्र्यवहार रहेका छन् । एक जना शिशु हत्याको घटना भएको समेत उल्लेख गरिएको छ । 

घटनाहरुको प्रकाशन पूर्व सरोकारवाला निकायबीच गरिएको समीक्षा कार्यक्रममा जिल्लामा नौ जनाको हत्या भएको बताईएको छ । यसबीचमा बम बिष्फोटबाट एक जना घाईंते बनेको तथा कुटपिटबाट ८ जना घाईंते बनेको ईन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले बताउनुभयो । 

सम्पत्तिमाथिको अधिकार अन्तरगत यस एक वर्षको अवधिमा पाँचवटा घटनामा चारजना पीडित हुन पुगेका छन् । जसमा सार्वजनिक भवनमा आगजनी र ४ व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाईएको पाईएको छ । 

प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको समीक्षा कार्यक्रमका बक्ताहरुले नागरिकका मौलिक अधिकार हनन् भएको खण्डमा खुलेर विरोध गरेमा लोकतन्त्रको पुर्नवहाली हुने बताएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस