Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कायस्थले दिए निर्देशन

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | पुस ९, सिरहा | प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका हुन् ।

ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवनको आज (आइतवार) उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक कायस्थले नेपाल प्रहरीले पब्लिकसंग सहकार्य गरि अगाडि बढ्रिहेको क्रममा सिरहाबासीले देखाएको उदारता र सहकार्यताले सेवा अझै प्रभाबकारी भएको बताए ।

बन्दिपुर ईलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यकममा २ नम्बर प्रदेश प्रहरी प्रमुख समेत रहेका कायस्थले राम्रो, प्रभावकारी र प्रविधिले युक्त नेपाल प्रहरी बनाउने तर्फ प्रयास जारी रहेको जनाए । उनले नागरिक समाजले शान्ति सुरक्षाको बारेमा चर्चा र सरोकार मात्रै राखेर नहुने भन्दै शान्ति सुरक्षा कायम गर्ने सबालमा नागरिक समाजको सहभागिता आवश्यक रहेको स्पष्ट गरे । नागरिकको सक्रिय सहभागिता विना प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न कठिन रहेको समेत उनले बताए ।

अतिरिक्त महानिरीक्षक कायस्थले आजै सिरहाको सुखिपुरमा नवनिर्मित ईलाका प्रहरी कार्यालयको भवनको समेत उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

अतिरिक्त महानिरीक्षक कायस्थको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघका उपाध्यक्ष सविता कायस्थ, संघिय प्रहरी ईकाई कार्यालय राजविराजका प्रहरी बरिष्ठ उपरिक्षक हरिभक्त प्रजापति, सिरहाका निमित प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई, नयाँ गोरख गणका गणपति प्रमुख सेनानी मनोज भण्डारी, राष्ट्रिय अनुसंधान कार्यालय सिरहाका उप– निर्देशक रिबेन गच्छदार, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरिक्षक गोपाल गुरुंग, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोईराला, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्ध बज्राचार्य, कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान लगायतका सहभागिता रहेका थिए ।

एक करोड ६८ लाखमा सुविधा सम्पन्न भवन

ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवन मुल्य अभिबृद्धि करसहित १ करोड ६८ लाख ७८ हजारको लागतमा निर्माण भएको छ । ८ कट्ठा जग्गामा निर्माण भएको प्रहरी भवनमा कार्यालय, आवास, शौचालय, महिला र पुरुषका लागि बैग्ला बैग्लै हिरासत कक्ष गरी १३ बटा कोठाहरु रहेका छन् ।