2026-08-26 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता

पूर्णप्रसाद न्यौपाने/पुस ९, ओखलढुंगा । ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले  प्रतिवद्धता जनाएका छन् । 

ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित संयुक्त विजयी सभालाई सम्बोधन गर्दै दुवै जिल्लाका सांसदहरुले सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सिमाना जोडिएका दुई जिल्लाको सहकार्य विना विकास सम्भव नरहेको भन्दै सांसदहरुले सहकार्यमा विकासको गतीलाई तिव्र पार्ने बाचा गरेका हुन् । 

दुवै जिल्लाका सांसदहरुले मिलेर विकास र रुपान्तरणमा लाग्नु अहिलेको आवश्यकता रहेको ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले बताउनुभयो । ‘ओखलढुंगा र रामेछापको समृद्धिका लागि सहकार्य गरेर नागरिकको गाँस,बास, कपास,शिक्षा,स्वास्थ्य र रोजगारको अधिकार प्रति जवाफदेहि बन्नेछौं’ सुनुवारले भन्नुभयो । 

रामेछापका प्रतिनिधिसभा सदस्य सांसद श्याम श्रेष्ठले पनि आफुहरु ओखलढुंगाको विकासका लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो । ‘प्रतिवद्धता जनाए अनुसार काम गर्ने हाम्रो योेजना छ,दुई जिल्ला बिच बलियो र विश्वासिलो  सहकार्य हुन्छ’  श्रेष्ठले भन्नुभयो । 

त्यस्तै ओखलढुंगा प्रदेशसभा ख का सांसद मोहन खड्का हिमशिखरले दुई जिल्लाको विकासका लागि एकसाथ अघि बढ्ने बताउनुभयो । ‘वारि र पारि एकै पटक विकास भएको हेर्ने जनताको चाहाना अनुसार अघि बढ्छौं’ खड्काको भनाई । 

रामेछापका प्रदेश सांसद शान्ती पौडेलले पनि सहकार्यमा विकास गर्ने बताउनुभयो । ‘हामी घचेड्छौं उहाँहरु घिसार्नुहुने छ अनि विकासको गति तिव्र हुनेछ ।’ पौडेलको भनाई । कार्यक्रमलाई दुवै जिल्लाका दलका नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरुले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’