सलिम अन्सारी । माघ २, प्युठान । जिल्ला अदालत प्युठानको नबनिर्मित भवनको उद्धघाट्न गरिएको छ। कुल १ करोड ७८ लाख १९ हजार १ सय १६ रुपैयांको लागतमा निर्माण गरिएको तीन तले अठारकोठे भवनको सर्बोच्च अदालतका प्रधान न्यायधिस कल्याण श्रेष्ठले शनिबार उद्धघाट्न गर्नुभएको हो।
नबनिर्मित भवनको उद्धघाट्न गर्दै श्रेष्ठले अदालतबाट डराएर नभाग्न आग्रह गर्नुभएको छ। अदालतले जनतासंग नजिकको सम्बन्ध गांस्न विभिन्न कार्यक्रम सन्चालन गरेको बताउदै उहाँले अदालतमा भएका बिकृती बिसङ्गतिको आलोचना गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानन्यायधिश श्रेष्ठले पछिल्लो समय सर्बोच्च देखि जिल्ला तहका अदालत सम्म सुधार हुँदै गएको दावी समेत गर्नुभयो। पछिल्लो समय दुई बर्श समय काटेका मुद्धा अदालतमा नरहेको उहाको भनाइ थियो। अदालतबाट प्रदान गरिने सेवा महङ्गो नभए पनि महङ्गोको रुपमा चित्रण गरिएको उहाँले जिकिर गर्नुभयो।
पुनराबेदन अदालत तुलसिपुरका मुख्य न्यायधिस कुमार चुडालको अध्यक्षता र जिल्ला अदालत प्युठानका श्रेष्टादार रुद्रमणी गिरिको सन्चालनमा सम्पन्न उक्त उद्ध्घाटन कार्यक्रममा अदालतलाइ निशुल्क जग्गा प्रदान गर्ने स्थानिय भरत कुमार श्रेष्ठ र स्वर्गीय बलदेबि पोख्रेलकी धर्मपत्नी टिकाकुमारी पोख्रेललाइ सम्मान समेत गरिएको थियो।
२०६५ फागुनमा शिलन्यास गरिएको भवन २०७२ असारमा हस्तान्तरण भएको जिल्ला अदालत प्युठानले बताएको छ।