१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा स्वास्थ्य शिविरबाट ६६५ जना लाभान्वित

१० पुष २०७४, सोमबार ०४:०३

पुस १०, म्याग्दी । संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ । 

आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल मलेशियामा व्यापार गरी बस्नुभएका दीपक बोगटीको आर्थिक सहयोग र बृहत् स्वास्थ्य शिविर लायन्स क्लब र लियो क्लब दरबाङको व्यवस्थापनमा आयोजना गरिएको हो । 

शिविरको पहिलो दिन आइतबार आँखा शिविरबाट ३२६ र बृहत् स्वास्थ्य शिविरबाट ३३९ गरी ६६५ जना लाभान्वित भएको लायन्स याममति रोकाले जानकारी दिनुभयो । 

शिविरमा निःशुल्क औषधि र मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्नेलाई पोखरा लगेर निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । 

आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा हरिमाया गुरुङको नेतृत्वमा छ जना प्राविधिक र बृहत् स्वास्थ्य शिविरमा डा राजेन्द्र पौडेल, डा तिलक गौतम र डा कृष्ण कँडेल लगायतका चिकित्सकले सेवा प्रदान गरिरहनुभएको छ । आँखा र बृहत् स्वास्थ्य शिविर मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल