2026-08-26 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका ५१ परिवार बाढीपीडितलाई घर

पुस १०, मोरङ । मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ । 

अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ । धनपाल–६ स्थित बालुवाबाडी, दादर टोल, खयर टोलका घरबारविहीन भएका ५१ परिवारलाई समाजले घर बनाइदिएको सो संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनले बताउनुभयो । 

सोरेनले भन्नुभयो, “रु ३० हजारको लगानीमा घरका १२ वटा पिलर र टिन लगाइएको हो बाँकी घेराबार घरधनीले नै गर्नुहुनेछ । ५१ वटा घर निर्माण गर्न रु एक करोड ७० लाख खर्च भएको सोरेनको भनाइ छ । 

लत्ताकपडा, खाद्यान्न बगाएपछि वीरक्तिएका बाढीपीडित सामान्य अवस्थाको घर संस्थाले बनाइदिएकामा खुशी छन् । धनपाल– ६ स्थित बालुवाबारी की ५० वर्षीया मल्हो मरण्डीले भन्नुभयो, “घर पाएकाले खुसी छु । उहाँ मात्र होइन उहाँकै छिमेकी मौला हस्दा पनि मख्ख हुनुहुन्छ”– उहाँले भन्नुभयो, “केही थिएन घर बनाइदिए उनीहरुलाई त भगवान् नै मान्नुपर्छ ।” 

उक्त संस्थाले बाढीपीडित किसानलाई तालीम दिएर तरकारी खेती गर्न सहयोगसमेत गरेका छन् । धनपाल गाउँपालिकाकै फूलमती देवी मण्डललगायतका किसानलाई तरकारीखेती गर्ने तालीम दिएपछि उनीहरुले राम्रो तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । विपन्न समुदायका युवतीलाई ब्युटीपार्लर तालीमसमेत दिएको ब्युटीपार्लर सेन्टर खोलेकी सोना हस्दाको भनाइ छ । 

त्यस्तै धानपाल– ३ माया गञ्जका वसन्त ऋषिदेवलाई किराना पसल गर्न रु १५ हजार लगानीसमेत गरिदिएको छ । कर्सीया बजारमा मोटरसाइकल मर्मत सेन्टर खोल्नुभएका महेश ऋषिदेवलाई रु ४० हजारको सवारीसाधनमा हावा भर्ने उपकरण प्रदान गरेको छ । महेशले भन्नुभयो, “मेसिनले हावा भर्न थालेपछि बल प्रयोग गर्ने पम्पका लागि कस्ट गर्नु परेको छैन ।” 

समाजले धनपालथानको दानवती आधारभूत विद्यालयमा र मदरसा नुरानी आधारभूत विद्यालयको दुईकोठे चर्पी निर्माणका लागि आर्थिक सहयोग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’