१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

१० पुष २०७४, सोमबार ०७:१९

पुस १०, नेपालगञ्ज  । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । 

तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ । चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । 

अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । 

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । 

चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापीबसेको देख्न सकिन्छ । नेपालगञ्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय आक्रोसित भएका छन् । 

यसैबीच, यहाँका मानवअधिकारकर्मीका संघसंस्थाले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापनपत्रमा बाँके जिल्लाका अति विपन्न परिवारलाई शीतलहरबाट जोगाउन आवश्यक पहल गर्नुपर्ने माग गरेका छन् । 

तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको छ । तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत आंशिकरुपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल