२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

२०७४, १० पुष सोमबार १२:१४

पुस १०, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो । 

विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे । 

काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २÷२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १÷१ विकेट झारे । 

यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे । 

विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २÷२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १÷१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधिसहित उनले रु १० हजार प्राप्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने