१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बाह्र वर्षीया बालिकाले ल्याएको बालुबाबाट चर्पी निर्माण

११ पुष २०७४, मंगलवार ०७:२१

पुस ११, भद्रपुर । खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले । 

उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् । घरको आर्थिक अवस्था निकै कमजोर, बुबा बिरामी र आमा बेरोजगार भएपनि अशिकाले हिम्मत गरेर बनाएको चर्पीले गाउँका मानिस पनि दंग परेका छन् । 

शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो । चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए । 

सुकुम्बासी अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरिन् र सधैँ खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यतालाई पनि सधैँका लागि बिदा दिइन् । 

“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायको सहयोगमा गरेर चर्पी बन्यो ।” 

अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ । चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ बिहान खुल्ला ठाउँमा दिसा हुने स्थानमा गस्ती गरिरहेका छन् । 

जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाले चर्पीमा मात्र दिसापिसाब गर्न र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुन सुझाइरहेका छन् । समुदायका युवा र वडास्तरीय समितिका प्रतिनिधि खुल्ला दिसामुक्त घोषणाको तयारीमा लागेका छन् । 

“एक जुगमा एक पटक हुने खुल्ला दिसामुक्त घोषणालाई सभ्य र भव्य तरिकाले मनाउने तयारीमा वडाहरु लागेका छन्”, पाँचगाछीमा नै रहेर अभियान सहजीकरण गरिरहेको सगरमाथा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक सोमनाथ आचार्यले बताउनुभयो । 

दुई हजार ४३२ घरधुरी रहेको पाँचगाछीमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि एक हजार ४८७ घरधुरीमा सुरक्षित चर्पी थिए भने खुल्ला दिसामुक्त अभियानका क्रममा ९४५ घरमा सुरक्षित शौचालय निर्माण गर्नुपर्ने भए पनि बसाइँ सराइ र संयुक्त शौचालय प्रयोग गरेकाकारण ८१८ घरायसी शौचालय निर्माण गरी पाँचगाछीलाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याएको वडा नं ४ का अध्यक्ष अधिकचन ताजपुरियाले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित