२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पुस्तौपछि पहिलोपटक डोल्पाको दलित बस्तिमा मिटरसहितको खानेपानी

२०७४, ११ पुष मंगलवार ११:३५

टेक शाही/पुस ११, डोल्पा । पुस्तौ देखि खानेपानीको समस्या झेल्दै आएका साविकको रह गाविस अन्तरगत रम्फु,दोविच्यानका दलित समुदायमा पहिलो पटक खानेपानी पुगेको छ । 

बर्षौ बर्ष खोलाको पानि खादै आएका लितहरुको धाराको सफा पानि पिउने सपना पहिलो पटक पूरा भएको छ । घरघरमा राखिएको धारमा मिटर समेत जडान गरिएको छ । 


घण्टौं हिडेर खोलाको पानि खादै आएका रम्फु,दोविच्यानको दलित वस्ति पहिलो पटक घरकै छेउमा सुद्ध खानेपानिको धारा पाउदा चकित परेका छन । 

नेपाल रेडक्रस सोसाइटीको सामुदायिक स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छता परियोजना (सिएचपी)को आर्थिक सहयोगमा आर्थिक बर्ष ०७४/०७५ मा उक्त दलित बस्तिमा ६ महिना भित्र खानेपानि निमार्ण गरेको हो । 

कुल २४ लाख २१ हजार ९ सय ४६रुपैया ७४पैसा रम्फु,दोविच्यानको दलित वस्तिमा खानेपानि आयोजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका संयोजक टेकम ओलीले जानकारि दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी  स्वास्थ्य  प्रर्वद्वनका लागी  सामुदायिक सशक्तीकरण  कार्यक्रमबाट १६लाख १७ हजार ७३ रुपैया ३४ पैसा,  जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय डोल्पाबाट १ लाख रुपैया,गाउँ विकास समिती कार्यालयबाट १ लाख रुपैया रहेको बताए । उनले भने यस योजनाको लागि समुदायको श्रमदान र नगद योगदान ६ लाख ४हजार ८ सय ७३ रुपैया ४० पैसा रहेको बताए । 


जम्मा ३१ वटा घरधुरी रहेको यस वस्तिमा ११ घर गैरदलित पनि बसोवास गर्दै आएका छन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको प्राविधिक टोली सर्बे गरी अनुमानित लागत निकाले पछि खानेपानि आयोजना बन्न सूरु भएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पाले जानकारि दिएको छ । उपभोक्ता संग सम्झौता गरेको ट महिनामा उक्त योजना सम्पन्न गरेको नेरेसो डोल्पाले दावी गरेको छ । 

रम्फुदोविच्यानमा बस्तै आएका दलित तथा पछाडि पारिएका समुदायको माग कुनै पनि निकायले सुनुवाइ गरेको थिएन । सुद्ध खानेपनिको खोजीमा भौतारिएका रम्फुदोविच्यानको बस्तिका मानिसहरु नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रर्वद्वनका लागी सामुदायिक सशक्तीकरण कार्यक्रम (सिइएचपी) नेपालगंज सघले आज भन्दा एक बर्ष पहिले योजना सम्पन्न गर्नको लागि आधिकारि सम्झौता गरे थियो ।


सम्झौता गरेको ६ महिना भित्र मिटर सहितको खानेपानि घरघरमा पाएकोमा खुसिको सिमा नै नरहेको खानेपानि योजना उपभोक्ता समितिका अध्यक्ष बिषचन्द्र कार्किले बताए । उनले भने आर्थिक सहयोग गर्ने दाताहरुलाइ धन्यबाद दिने कुनै शब्द नरहेको बताए । 

पुस्तौ देखि खोलाको पानिमा निर्भर रहेका रम्फुदोविच्यानाका बासिन्दाहरु ४ किलोमिटर टाढाबाट सुद्ध खानेपानि पिउन पाउदा अचम्मीत भएको भन्दै उपभोक्ता हरि बहादुर बि.क.ले ख्सि ब्यक्त गरे । डोल्पा जस्तो दुर्गम जिल्ला र पछाडि पारिएको दलित बस्तीमा मिटर सहितको घर घरमा धारा जडानगरि खाइरहदा हिराधुनी बि.क.दंग छिन ।

उनि भन्छीन- 'पुर्खौको देखिको सपना साकार भयो अहिले सम्म दलित भनेर सबैले अपहेलना गरे तर नेपाल रेडक्रस सोसाइटिले हामी दलितको सपना पुरा गरेकोमा जिवन्तः अतुलनिय काम गरेको बताइन ।  

सरकरी कार्यालयमा बर्षौ बर्ष धाए पनि अन्तः नेपाल रेडक्रस सोसाइटी  जिल्ला  शाखा  डोल्पाले नै रम्फुदोविच्यानाका बासिन्दाका लागि गौरबको कार्यक्रम अनुसार खानेपानिको निमार्ण गरिदिएकोमा आयोजनाका  सचिव  धनजित कार्कीले दातालाइ धन्यबाद दिए ।

अहिले सम्म जिल्लाका विभिन्न स्थानमा खानेपानी अयोजना निर्माण गरेको देखेको भएता पनि यस्तो मिहिनेत गरेर समुदायको सहभागितामा बलियो र टिकाउ अन्य ठाउमा निर्माण भएको नपाइने नेपाल रेडक्रसको दावी छ । 


समुदायको सहभागितामा सरोकारवाला सबै सघ समन्वय गरेर निर्माण गरिएको यस आयोजना जिल्लाकै नमुनायोग्य आयोजनाको रुपमा सम्पन्न गरिएको अध्यक्ष विषचन्द्र कार्कीले जानकारि दिए । उनले भने अब साना तिना समस्याहरु आफै मर्मत सम्भार गरि सुद्ध पानि खाने बताए । 

पुस्तौ देखि खोलाको पानि खादै आएका रम्फुदोविच्यानाका वासिनदाहरु खुसि भए पनि त्यति नै दुखि  रहेका छन । सदरमुकाम भन्दा ३ घण्टाको दरिमा रहेको दलित बस्तिमा खानेपानिको लागि सयौ पहल गर्दा पनि सुनुवाइ नगर्दा दलित भएरै पछाडि पारेको भन्दै सरकार प्रति आक्रोश पोख्छन । उनिहरु भन्छन सरकारले दलितको नाममा भ्रम मात्र छर्ने गर्दा टांठाबाठाले लिने  गरेको र निमुखा दलित पिछडीएको दुखेसो पोग्छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने