३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माघदेखि आफ्नै देशमा उत्पादन हुँदैछ, सिटामोल

११ पुष २०७४, मंगलवार १३:५५

पुस ११, काठमाडौँ (रासस) | नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ ।  लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । 

लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिनुभयो । 

सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो । 

महाप्रबन्धक सुवेदीले भन्नुभयो, ‘‘आगामी माघ दोस्रो सातासम्म सिटामोल उत्पादन गरी बजारमा लैजाने लक्ष्य राखेका छौँ, ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसम्बन्धी कार्य सम्पन्न भइसकेका छ ।’’ 

गुणस्तर नियन्त्रण विभागको प्रयोगशालालाई कुशल प्रयोगशाला अभ्यास विधिमा तोकिएबमोजिम नवीकरण गरी सकिएको र प्रयोगशालाको भौतिक पूर्वाधार निर्माण कार्य पनि सकिएको लिमिटेडले जनाएको छ । 

आधुनिक विश्लेषणात्मक उपकरण खरिद गरी जडान गरिएको लिमिटेडका सचिव टीकाराम अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २८ भन्दा बढी प्रकारका आधुनिक प्रविधियुक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ ।” 

पूर्णरुपमा सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो । 

विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको लिमिटेड २०६७ सालमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि बन्द भएको थियो । 

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्व रहेको लिमिटेड तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा २०७३ असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख रुपैंया निकासा गरेको थियो । दोस्रो चरणको बजेट आउन भने बाँकी छ । 

क्याप्सुल, पेन्सिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा समेत सञ्चालनमा ल्याई स्लाइन तथा हेमोडाइलासिस फ्युल्डजस्ता अति आवश्यक औषधिहरूको उत्पादनका लागि प्रष्ट कार्यसूचीका तयार भएको लिमिटेडले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’