१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरसफाई सप्ताहमा ८० प्रतिशत फोहोर हटाईयो, बुधबारबाट दोश्रो सप्ताह शुरु

११ पुष २०७४, मंगलवार १८:४५

चिसाङ शेर्पा/पुस १२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाई सप्ताह अबधिमा दिक्तेल बजारभित्रको ८० प्रतिशत पुराना फोहोर व्यवस्थापन गरेको छ । 

गएको पुस ५ गतेबाट शुरु भएको पुराना फोहोर हटाउ अभियानको अन्तिम दिन बुधबार नगरपालिकाले कामको समिक्षा गर्दै दिक्तेल बजारमा रहेका पुरानाभन्दा पुराना फोहोरलाई ल्याण्डफिल्ड साईडमा ब्यवस्थापन गरेको जनाएको छ । 

नगरपालिकाले नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले सप्ताब्यापी रुपमा गरिरहेको ऐतिहासिक कार्यहरु सफल भएको छ । सडकपेटीमा सामान हटाउ अभियान पुर्णरुपमा कार्यान्यवन भएको छ । अबैधानिक बस तथा जिपका टिकट काउण्टर ९५ प्रतिशतले अन्यत्र हटाउन सफल भएकोे नगरपालिकाले जनाएको छ ।

बिना दर्तामा चलेका अन्य टिकट काउण्टरहरु धमाधम हट्ने/हटाउने काम तिब्रगतीमा भईरहेको छ । प्रत्येक होटलमा ब्यवस्थित धुम्रपानका लागि छुट्टै स्मोकिङ जोन बनाउन सफल भएको नगरपालिकाले जनाएको छ । 

यद्यपी, यातायात व्यवसायीका लापारबाहीका कारण बस तथा जिपहरु अझै बसपार्क र जिपपार्कमा लान नसकिएको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताए ।

सप्ताहब्यापी सरसफाईको समिक्षा गर्दै नगरपालिका तथा नगरवासीले व्यवस्थापन गर्न बाँकी फोहोरमैलालाई बुधबारबाट दोश्रो सरसफाई सप्ताह शुरु गरेर ल्याण्डफिल्ड साईडमा ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी