१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बस र जिपले बुधबारबाट पार्किङ स्थलमा मात्रै पार्किङ गर्नुपर्ने

११ पुष २०७४, मंगलवार १८:४९

चिसाङ शेर्पा/पुस १२, खोटाङ खोटाङमा बुधबारबाट बस तथा जिपहरुले आ–आफ्नो स्थानमा पार्किङ नगरेमा प्रति गाडीले ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ । 

रुपाकोट मझुवागढी नगरपालिकाले गएको पुस ५ गतेबाट शुरु गरेको नगरसफाई अभियानको अन्तिम दिन बुधबार कार्य समिक्षा गर्दैे यस्तो निर्णय गरेको हो । 


जिल्लामा सञ्चालित सवारीसाधनलाई पटकपटक बसपार्क र जिपपार्कमा पार्किङ गर्न अनुरोध गरे पनि यातायात व्यवसायीका लापारबाहीका कारण बस तथा जिपहरु अझै बसपार्क र जिपपार्कमा लान नसकिएकाले भोलीबाट लागु हुने गरी यातायात व्यवसायी, नगरवासी र नगरपालिकाले जरिवाना लिने निर्णय गरेको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

जिप हाँटडाडामा रहेको जिपपार्क र बस तथा ट्रक आचार्यटोल र सोल्मा डाडाँगाउँमा रहेको बसपार्कमा पार्किङ गर्नुपर्ने छ । सरसफाई सप्ताहको समिक्षाबाट पारित निर्णको वेवास्ता गरी अन्यत्र पार्किङ गरेमा सवारीसाधन जिल्ला प्रहरी कार्यालयमा राखिने समिक्षा भेलाले निर्णय गरेको छ ।

यस्तै, बुधबारदेखी नै दिक्तेलबजारमा बिहान ९ बजेदेखी साँढे दशबजेसम्म र साँझ ३ बजेदेखी साँढे चार बजेसम्म मोटरबाईक बाहेक कुनै पनि सवारी साधन गुडाउँन निषेध गरिएको नगरपालिका प्रमुख रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी