२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा असहायबीच न्यानो लुगासँग न्यानो माया साट्दै केबी

१२ पुष २०७४, बुधबार ०४:३८

पुस १२, डोटी । डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गर्नुभएको छ । 

दीपायलमा विगत १२ वर्षदेखि केबि स्टिल तथा फर्निचर उद्योग, केबि इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृद्ध, अपांग, एकल महिला, गरिब तथा असहायलाई जाडोमा न्यानो लुगा वितरण गर्नुभएको हो । 

साउदले मंगलबार दिसि नपाका वडासँगको सहकार्यमा आफ्नै व्यक्तिगत लगानीमा हरेक वडामा कार्यक्रमको आयोजना गरी नौवटै वडाका ३० जना गरी २७० जना वृद्ध, अपांग, एकल महिला गरिब तथा असहायलाई न्यानो लुगा वितरण गर्नुभएको हो । 

केबि गु्रपले वितरण गरेको न्यानो लुगा पाएपछि यहाँका स्थानीय बासिन्दा र वृद्ध उहाँप्रति निकै खुशी हुनुका साथै धन्यवादसमेत दिएका थिए । त्यस्तै, आफ्नै वडा कार्यालयमा आएर केबिले न्यानो लुगा वितरण गरेकोप्रति दीपायल सिलगढी नगरपालिका वडाध्यक्षलगायत स्थानीयले केबि इलेक्ट्रोनिक तथा केबि स्टील फर्निचर उद्योगले निकै सराहनीय काम गरेको भन्दै उहाँलाई फूलमाला र खादा पहिराएर स्वागत गर्नुभएको थियो । 

केबि ग्रुपका प्रोपाइटर खगेन्द्रबहादुर साउद (केबि) विगतदेखि नै निःस्वार्थ रुपले समाज सेवामा लगेका अभियन्ता हुन् भन्दै दिसिनपा–२ का वडा अध्यक्ष राजेन्द्र खड्काले उहाँको गुन जनतालगायत आफूले तिर्न र सेवाअनुसारको मेवा दिन कहिलेपछि नहट्ने बताउनुभयो । 

त्यस्तै, दिसिनपा–४ का वडा अध्यक्ष वीरेन्द्र शाहले नगरपालिकाभित्र अझै पनि वर्षको एकजोर न्यानो लुगा खरिद गर्न नसक्ने समुदाय रहेकाले उहाँको सहयोग भगवानले दिएकोे वरदानजस्तै रहेको बताउनुभयो । 

वृद्धभत्ताको भरमा जीवन चलाइरहेकी दिसिनपा–१ गोसेडाकी ८५ वर्षीया वृद्धा सरु साउदले आफूले मर्ने बेलामा छोरा पाए सरह भएको बताइन् । एक छोरीकी आमा सरु साउद छोरीको बिहेपछि विगत दश वर्षयता एकलरुपमा बस्दै आएकी छन् । 

उनले भनिन्, “भत्ताको पैसा घर खर्चमै ठीक हुन्छ । जाडो लागेको यत्रो समय भइसक्यो, तर एकसरो तातो लुगा किन्न सकिएन । आज भगवान्ले तातो लुगा लिएर आउनुभयो । उहाँको कल्याण होस् ।” 

त्यस्तै, दिसिनपा–२ कि ९५ वर्षीया नरु कठायतले न्यानो कपडा दिएबापत उहाँलाई आफ्नै छोरा सम्झेर माया र आशीर्वादबाहेक आफूसँग उहाँलाई दिन केही नभएको बताइन् । साथै, उनले जसलाई भोट दिएँ उनीहरुले दर्शन पनि नदिएको तर उहाँले बिना स्वार्थ न्यानो कपडा दिएर ठूलो गुन लगाएको बताइन् । 

डोटी जिल्लाका स्थानीय बासिन्दासमेत रहेका साउदले विगत पाँच वर्षयता आफ्नै व्यक्तिगत लगानीमा प्रत्येक वर्ष रु पाँच लाखका दरले न्यानो लुगा वितरण गर्दै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो “जाडोले कतिपय असहाय तथा वृद्ध आमा बुबालाई समस्या हुँदै आएको थियो । हामीले जाडोमा उहाँहरुलाई अलिकति भएपनि न्यानो होस् भन्ने उद्देश्यले केही लुगा वितरण गरेका छौँ । त्यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म मेरो कमाइको केही अंशले सेवा गर्न चाहन्छु ।” 

उहाँले थप्नुभयो, “आफ्नो कमाइको केही अंशले जाडोमा न्यानो लुगासँग विपन्न वर्गको माया साट्दा असाध्यै आनन्द हुन्छ ।” केशवचन्द्र महरा/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट