८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा ५ दिने आधारभुत पत्रकारीता तालिम शुरु

१२ पुष २०७४, बुधबार ०४:४१

प्रकाश बम/पुस १२, डोटी । दिपायलमा मंगलबार देखि पाँच दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको छ ।

सुचना बिभागको आयोजना तथा एकिकृत समाज विकास नेपालको सह आयोजना र नेपाल पत्रकार महासंघ डोटी शाखाको स्थानीय संयोजनमा तालिमको आयोजना गरीएको हो ।


आधारभूत पत्रकारीता तलिमको उद्घाटन कार्यक्रममा बोल्दै सूचना विभागका महानिर्देशक वीर बहादुर राईले पत्रकारीता शिप जता गए पनि काम लाग्ने भएकाले सबैले यस तालिमलाई महत्व दिएर सिक्न जोड दिए । 

साथै यो तालिम अनुभब साटासाट गर्ने थलो रहेको समेत महानिर्देश राईले बताउनु भयो । राज्यले जसरी सम्मान दिएको छ त्यसरी पत्रकारीता पेशालाई सम्मान गर्न आग्रह गर्नु भयो । अब अनलाइनलाई बर्गिकरण गर्ने क्रममा सुचना बिभाग रहेको महानिर्देशक राईले बताउनु भयो ।

त्यस्तै कार्यक्रमा बिशिष्टि अथितिको आसनबाट बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले मान्छेको दिनको शुरुवात सुचना र संञ्चारबाटहुने भएकाले संञ्चार सत्य तथ्यमा आधारीत हुनु पर्ने बताउनु भयो । 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंंघका केन्द्रिय सदस्य मिन बहादुर बमले काठमाण्डौ र सुदुर पश्चिममा काम गर्ने पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । अहिलेससम्म बिज्ञापान नितिमा नै कमजोरी रहेकाले समय सापेक्षिक परीवर्तन हुनु पर्ने केन्द्रीय सदस्य बमको जोड रहेको थियो ।

आफुहरुले संचार प्रतिष्ठानको माग गरीरहेको भएपनि सम्बन्धित निकाएले चासो नदिएको समेत गुनासो गर्नु भयो । तलिमको अध्यक्षता नेपाल पत्रकार महासंघका डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले गर्नु भएको थियो । 

उद्धघाटन तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बलायर यो तालिम डोटीका जिल्लाका लागि पत्रकारहरुकालागि  निकै आवश्यक रहेकोले पाँच दिन ध्यान दिएर तालिम सिक्न सुझाव दिए ।

तालिमका प्रशिक्षक तथा एकिकृत समाज विकास नेपालका दिपक कार्कीले संचारका आठवटा तत्व र तहका बारेमा प्रशिक्षार्थिहरुलाई तालिमको पहिलो दिन जानकारी गराएका थिए ।

पत्रकाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ सो तालिमको आयोजना गरीएको हो । तालिममा  कार्यरत तथा नयाँ गरी ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा