2026-10-18 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा गाउँपालिका केन्द्रमा विवाद, गाउँसभा अझै भएन

पुस १२, तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ ।

गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेण्डासमेत त्यत्तिकै थन्किएका छन् । 

जिल्लाका तत्कालीन मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो । तर मोराहाङ बजार सबैलाई पायक पर्ने ठाउँमा नभएको भन्दै केन्द्र सार्ने या नसार्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको हो । 

छ वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष जितेको नेकपा (एमाले) सम्बद्ध जनप्रतिनिधिले मोराहाङ बजारबाहेक अन्यत्र केन्द्र नहुने भनेका छन् भने गाउँपालिका उपाध्यक्ष तथा चार वडाध्यक्षसहित बहुमत पाएको नेपाली काँग्रेसका जनप्रतिनिधिले सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने विषयमा जोड दिएका छन् । 

काँग्रेस निकट जनप्रतिनिधिले श्रीजुङमा गाउँपालिकाको केन्द्र सार्नुपर्ने माग गरेका थिए । यदि त्यसो नभए पनि मोराहाङ बजारमै नभई बजारभन्दा करिब दुई किमी टाढाको डाँडामा गाउँपालिकाको केन्द्र सार्नुपर्ने उनीहरुको माग छ । यता एमालेबाट निर्वाचित जनप्रतिनिधिले मोराहाङ बजारनै गाउँपालिकाको केन्द्र भएको र यसको विकल्प नभएको समेत दाबी गर्दै आएका छन् । 

गाउँपालिकाको विषयमा विवाद भएपछि गाउँ कार्यपालिकाले अहिलेसम्म पनि महत्वपूर्ण निर्णयसमेत पारित गरेको छैन । हरेक पटक बस्ने बैठक निर्णयविहीन बनेर टुंगिने गरेका छन् । अन्य स्थानीय तहमा जनप्रतिनिधिले योजना निर्माण गरेर कार्यान्वयनतर्फ लागिसक्दा पनि यहाँका जनप्रतिनिधिले भने गाउँ सभासमेत गर्न सकेका छैनन् । चालु आव सकिन अब छ महिनामात्र बाँकी छ । 

तर सो वर्षका लागि गाउँपालिकाले बनाउनै पर्ने योजना, नीति तथा कार्यक्रम नै बनेको छैन । गाउँपालिकाको केन्द्रको विवाद र कर्मचारी अभावले गाउँपालिकाको गाउँसभा गर्न नसकिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो । गाउँपालिकाका छ वडामा अहिले दुई जनामात्रै वडा सचिव छन् । एकजना वडा सचिवले नै चारवटासम्म वडा कार्यालयको जिम्मा लिएका छन् । 

गाउँपालिकाको कार्यालयमा प्रशासकीय अधिकृतबाहेक अन्य कर्मचारी छैनन् । विषयगत कार्यालयतर्फ गाउँपालिकामा स्वास्थ्य र कृषि कार्यालयका एक एक जना प्रतिनिधि कर्मचारी छन् । गाउँपालिकाको केन्द्र जनताको चाहनाबमोजिम स्थानान्तरण गरी विकासलाई जोड दिने विषयमा सहमतिको प्रयास भइरहेको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी गौतमले बताउनुभयो । 

गाउँपालिकाको केन्द्र विवादलगायत अन्य विषयमा छलफल गर्न गाउँपालिकाको बैठक बिहीबारदेखि बस्न लागेको छ । बैठकबाट सहमतिको खोजी गरी यही महिनाभित्र गाउँसभा सम्पन्न गर्ने र विकास निर्माणका काम अघि बढ्ने अध्यक्ष खापुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु