2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

शून्यबिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जूलुससहित चैनपुर बजार बन्द

सम्राट सिंह/पुस १२, बझाङ । चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द गरेका छन । 

जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका हुन ।

आज चैनपुरका व्यापारीहरुले शुन्यबिन्दुबाट सडक निर्माण गर्न तथा विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको व्यवस्थापन गर भन्दै नारा जूलुस गरेका थिए । 

नगरपालिकाले मापदण्ड नबनाएर सिधै टिनका पसलहरुमा डोजर प्रयोग गरी चैनपुरका धेरै पसलहरुमा भत्काएपछि व्यापारीहरु आन्दोलित भएको स्थानिय व्यापारी नरेन्द्र खडकाले बताए । 

जयपृथ्वी नगरपालिकाको सडक फराकिलो पार्ने काम सरानिय भएको तर मापदण्ड बनाएर नगरपालिकाले शुन्य बिन्दुबाट कच्चि तथा पक्की घर सबै फालेर सडक फराकिलो पार्नुपर्ने उनको भनाइ छ । 

जयपृथ्वी नगरपालिकाले नगरलाई स्वच्छ, सुन्दर, हराभरा तथा सडक फराकिलो पार्ने कामको चैनपुरबासीहरुले स्वागत गरेका छन तर सडकमा परेका पक्की घर बचाउने र सडक भन्दा टाढा रहेका टिनका पसलहरु मात्र हटाउने कामको बिरोध गरेका हुन । 

यसरी चैनपुरका व्यापारीहरुले नगरपालिकाले मापदण्ड अनुसार शून्य बिन्दुबाट सडक निर्माण गर्दा सडकमा परेका सम्पूर्ण टिनका पसलहरु हटाउने समझदारी समेत गरेका छन । व्यापारीको एउटै माग रहेको छ शुन्य बिन्दुबाट  मापदण्ड अनुसार सडक निर्माण गरियोस । 

भर्खरै हामीले भोट दिएर विजयी बनाएका जनप्रतिनिधीहरुले नै हाम्रो गुजारा खोस्न लागेको चैनपुरका व्यापारी लोकेन्द्र खडकाले बताए ।

जनप्रतिनिधिको सडक फराकिलो बनाउने काम अति राम्रो भएको तर बलियाका घर बचाउने कमजोरका टिनका टहरामा डोजर लगाइ गरीबको उठिबास गर्ने काम नराम्रो भएको उनको भनाइ छ ।  

चैनपुरका व्यापारीहरुले आजै नगरपालिकालाई मापदण्डमा रहेर सडक निर्माण गराउन ज्ञानेन्द्र बहादुर सिंहको संयोजकत्वमा २१ सदस्यीय सङघर्ष समिति गठन गरेको छ । मापदण्डमा रहेर सडकको दाँयाबायाँ बराबर जमिन लिएर सडक निर्माण गराउने सङघर्ष समितिको मुख्य काम हुनेछ ।  

नगरपालिकाले यसरी सिधै डोजर प्रयोग गर्दा सानो लगानीमा व्यवसाय गरीरहेका व्यापारीहरु विस्थापित हुने भएका छन । चैनपुर बजारमा नगरपालिकाले भनेअनुसार ७ मिटरको सडक निर्माण गरे चैनपुर बजारका झण्डै ५०/६० घर भत्काउनुपर्ने अवस्था रहेको छ ।

यता जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बजार अव्यवस्थित भएकाले बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेको बताए । उनले भने चैनपुर बजारमा रहेका सडकमा परेका सम्पूर्ण घरहरु समेत हटाइ सुन्दर बजार बनाउन पहल गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता