Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष १२ गते, दिउँसो १:०६ बजे
खोटाङ्ग - KTG

खोटाङका कलाकारहरुले जनप्रतिनिधि समक्ष बुझायो तीन बुँदे आव्हानपत्र

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/पुस १२, खोटाङ । खोटाङगे नब कलाकार तथा स्थापित राष्ट्रिय कलाकारहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई तीन बुँधे आव्हानपत्र बुझाएको छ । 

खोटाङ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी जनप्रतिनिधि बिशाल भट्टराई, राजन राई र राम कुमार राईलाई बधाई तथा अन्तरक्रियामा जिल्लाको कला, संस्कृती, संगीत र साहित्य प्रबद्र्धनमा ध्यानाकार्षण गराउँन तीन बुँदे आव्हानपत्र दिईएको हो ।  

खोटाङगे कलाकारहरु निर्वाचित जनप्रतिनिधिहरुलाई तीन बुँदे आव्हानपत्र दिंदै । तस्विर सौजन्य: प्रकाश पुरी

काठमाण्डौस्थित मैतीदेबीमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा खोटाङगे कलाकारहरुको जम्बो टोलीले जिल्लामा हरेक बर्ष राष्ट्रियस्तरको महोत्सव हुनुपर्ने, खोटाङ हलेसी महोत्सव हुनुपर्ने, एकवटा सांस्कृतिक भवन निर्माण गरीनुपर्ने तथा जिल्लामा संग्राहलय, स्रष्टाहरुको प्रतिमा र मौलिक होमस्टेसहितको नमुना गाउँ निर्माण गरीनुपर्ने मागसहित संयुक्त हस्ताक्षरित आव्हानपत्र थमाएको छ ।

जनप्रतिनिधिलाई कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, कलाकार नवल खड्का, महेश खड्का, खगेन्द्र राईले तीन बुँधे माग–पत्र बुझाएका हुन् । दुई दर्जनबढी खोटाङगे कलाकारको उपस्थितीमा भएको बधाई तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाबासी राष्ट्रिय कलाकार र संर्घषशिल कलाकारहरुको जायज मागलाई पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा खोटाङका ९२ वर्षिय राष्ट्रिय कलाकार भिम बहादुर थापा, लक्ष्मी गिरी, खगेन्द्र राइ, नवल खड्का, महेश खड्कासहित रेवत राई, सचीन राई, उल्सन श्रेष्ठ, बवीना किराती, योगीन राई, बिकास संगम राई लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । 

बधाई तथा अन्तरक्रिया कार्यक्रममा नेपाल आईडलका टप ८ प्रर्तिस्पर्धी उल्सन श्रेष्ठले खोटाङगे कलाकारहरुको यस्तो जमघट पहिलो भएको बताएका छन् । बेलाबेलामा जमघट र अन्तरक्रिया भए खोटाङगे कलाकारहरुको कलाकारिता फराकिलो हुने श्रेष्ठले बताए ।