२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कङ्ग्रेस क्षेत्र नम्बर १ मा संस्थापनको बर्चस्व, सभापतीमा भण्डारी बिजयी (मत परिणाम सहित)

२४ माघ २०७२, आईतवार ०८:५५

माघ २४, प्युठान । नेपाली कङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतीमा संस्थापन प्यानलका टेक प्रसाद भण्डारी बिजयी भएका छन।निर्बाचनस्थल चकचकेबाट पत्रकार जमिर शाहले बताए अनुसार निकट्म प्रतिद्धवन्दी   बद्री लम्साललाई १७ मतको अन्तरले पराजित गरेका हुन। भण्डारिले (१२२) र लम्सालले (१०५)मत प्राप्त गरेका छन।

क्षेत्रिय  सभापती सहित महाधिबेशन प्रतिनिधिमा संस्थापन पक्षको प्यानलैले जितेको छ। खुल्ला तर्फ डा गोबिन्द पोख्रेल(१९१),दिबाकर गौतम(१६८),कृष्ण पौडेल(१२८),इश्वरी प्रसाद रेग्मी(१२८),नोबिल बिक्रम शाह(११४),मानवहादुर ओलि(१४६),मतका साथ निर्बाचित भएका छन।त्यस्तै महिला तर्फ केशरि पौडेल(१३५),डिलि देबि कडेल(१०६) मत प्राप्त गरि बिजयी भएका छन।जनजाती तर्फ गोरख बहादुर पुन(१४६), दलित तर्फ गोपाल बिश्वकर्मा(८२), र अल्पसंख्यक प्रतिनिधिमा असगर अलि(९३)मतका साथ निर्बाचित भएका छन।दुई सय चालीस मतदाता संख्या रहेकोमा दुई सय चौतिस जनाले मतदान गरेको कङ्ग्रेस प्युठानले बताएको छ।

श्रोतका अनुसार क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा इन्द्र खड्का र कोषाअध्यक्षमा मदन खड्का निर्बिरोध चयन भएका छन। अधिबेशनमा सभापती सहित महाधिबेशन प्रतिनिधिका लागि गरिएको सहमतिको प्रयास बिफल भए पश्चात् आज निर्बाचन गरिएको थियो।नेपाली कङ्ग्रेसको १३ औ  राष्टिय अधिबेशनको तयारीका लागि मुलुकभरी शुरु भएको क्षेत्रिय अधिबेशन अन्तर्गत प्युठान जिल्लाको दुई ओटै निर्बाचन क्षेत्रमा निर्बाचन गरिएको थियो।जिल्लाको दुबै निर्बाचन क्षेत्रमा अधिकाश पदमा देउवा समर्थक कमजोर देखिएकाले आगामी सोमबार हुन लागेको जिल्ला अधिबेशनमा संस्थापनले जित्न सक्ने कतिपयले अनुमान लगाउन थालेका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने