३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बजारको अस्वस्थता हटाउन आकस्मिक अनुगमन

१० बैशाख २०७३, शुक्रबार ०७:०७

प्रकाश धौलाकोटी/बैशाख १०,  तेह्रथुम । तेह्रथुमका बजारहरुमा अस्वस्थ खाद्य बस्तु बस्तुहरुको विक्री वितरण हुने क्रम बढेको भन्दै प्रशासनले अब नियमित अनुगमन गर्ने भएको छ ।

बजारमा म्याद गुज्रिएका, मापदण्ड भन्दा विपरीत तथा अखाद्य बस्तुहरुको विक्री वितरण मौलाएर गएको गुनासो आउने क्रम बढेपछि जिल्ला अनुगमन समितिले नियमित तथा आकस्मिक अनुगमनको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले बताउनुभयो ।

समितिले शुक्रबार सदरमुकाम म्याङलुङबजारका १५ वटा होटल, किराना र मदिराजन्य पसलहरुमा आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा मदिरा तथा सुर्तीजन्य पदार्थहरु मापदण्ड नपुर्याई गरिरहेको, मुल्य सुची, होडिङ बोर्ड र पान बिल प्रयोग नगर्ने गरेको पाइएको सप्रजिअ ज्ञवालीले बताउनुभयो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका बिस्कुट, मैदा, कोक लगायत किराना सामान तथा मापदण्ड विपरीत विक्री गरिरहेका सुर्ती जन्य पदार्थहरु गरी नियन्त्रणमा लिई अन्दाजी सात हजार रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको उहाँले बताउनुभयो । यस्तै अनुगमन टोलीले मुल्य सुची नराख्नेलाई राख्न, अखाद्य बस्तुहरु तथा म्याद नाघेका बस्तुहरु विक्री वितरण नगर्न र पसलको नाम उल्लेखित होडिङ बोर्ड अनिवार्य राख्न समेत व्यवसायीहरुलाई सुझाव दिएको छ ।

सुर्ती जन्य पदार्थहरु विक्री वितरण गर्ने व्यवसायीलाई सुर्ती जन्य बस्तु स्वास्थ्यकालागि हानिकारक भएको खुल्ने लोगो उल्लेखित बस्तुहरुमात्र विक्री गर्न, बालबालिका, विद्यार्थी र गर्भवती महिलाहरुलाई त्यस्ता बस्तुहरु विक्री नगर्न सचेत गराइएको सप्रजिअ ज्ञवालीले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवाली साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सहभागी थिए । बजारमा दिनप्रतिदिन अस्वस्थता बढिरहेको भन्दै गुनासो आउने क्रम बढेको छ, सप्रजिअ ज्ञवालीले भन्नुभयो–त्यसैले अब थाहै नदिई प्रशासनले आकस्मिक अनुगमन गर्ने तयारी गरेको छ । जिल्लाको सदरमुकामसँगै अन्य बजारहरुमा पनि अब प्रशासनले आकस्मिक अनुगमन निरन्तर रुपमा गर्ने उहाँले बताउनुभयो ।

उहाँले उपभोक्ताहरुलाई समेत आफुले खरिद गरेर प्रयोग गर्ने बस्तु म्याद गुज्रिएको छ छैन भन्ने ख्याल राख्न, सामान खरिद गरेपछि अनिवार्य बिल माग्न तथा अखाद्य बस्तुहर विक्री वितरण भइरहेको थाहा पाए प्रशासनमा जानकारी दिन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली