२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा भारुको अबैध कारोबार

२०७२, १ फाल्गुन शनिबार ०१:५०

pyuthan news - sajhasabalसलिम अन्सारी/ फागुन १, प्युठान । जिल्लाका स्थानिय बजारहरुमा भारतिय रुपैयाँ सटहिको अबैध कारोबार बढ्न थालेको छ।नेपाल राष्ट बैँङ्कको इजाजत बिना भारतिय नोट्को किनबेच गर्न नपाइने प्राबधान रहे पनि प्युठानमा खुलियाम रुपमा भारतिय रुपैयाँको कारोबार हुने गरेको छ।

नेपाल राष्ट बैकंले भारतिय रुपैयाको सटहि गर्न जिल्ला स्थित नेपाल बैकँमा सट्नि काउन्टर लाई मात्र इजाजत दिए पनि यहाँ अबैध रुपमा भारतिय रुपैयाको किनबेच गरिरहेका छ्न।खुल्ला रुपमा भारतिय रुपैया सटही तथा किनबेच गर्न नपाइने भए पनि प्रशासनकै अगाडि अबैधानिक रुपमा दलालहरुले खुल्लम खुल्ला भारतिय रुपैयाको किनवेच हुँदा समेत प्रशासन मौन बसेको छ।

प्युठानमा भारतिय मुद्राको कारोबार गर्ने गिरोह नै सक्रीय रहेको बताइन्छ।अबैध रुपमा कारोबार गर्नेले खुलियाम १ सय ६५ देखि १ सय ७० रुपैया लिइ भारु १ सय सटही गर्ने गरेको नाम भन्न नचाहने सर्तमा एक ब्यापरिले बताए।

बजारमा छ्यापछ्याप्ती अबैध कारोबार बढ्दै गएको भए पनि यस्तो कारबाही रोक्न कसैले पनि चासो नदिएको जनगुनासो छ।भारु नोटको कालोबजारी गर्नेहरु जिल्लाको विभिन्न ब्यापारिक केन्द्र हुँदै जिल्ला सदरमुकाम सम्म पुग्ने गरेका छन। उनिहरुले जिल्लाका व्यापारीहरुलाइ निश्चित कमिसन दिएर भारु सटही गरि जिल्ला बाहिर पुर्याउने गरेका छन।भारु नोट्को अबैध कारोबार बढ्दै गैरहेको अबस्थामा नेपाल बैक लिमिटेडमा भने यसरी अहिले सम्म कोहि पनि सटही गर्न नआएको बताएको छ।

नेपाल राष्ट बैकंले सिमित मात्रामा भारतिय मुद्रा सटही गर्न भनेर नेपाल बैकँ प्युठानमा अखित्यारी आएको छ।बैक श्रोतले भन्यो,ू यो गलत काम नियन्त्रण गर्ने काम राष्ट बैकंको हो।ू जिल्लामा भारु नोट्को कारोबार बढेको सुनिए पनि अधिकार नहुँदा अनुगमन गरि यस्तो कारोबारमा संलग्नलाइ कारबाही गर्न नसकिएको नेपाल बैंकका कर्मचारिको भनाइ छ। अहिले जिल्ला स्थित नेपाल बैंकमा १०र२०हजार जति भारु रहेको भन्दै विशेष प्रयोजनका लागि मात्र उक्त रकम सटही गर्न सकिने बैकले बताएको छ।

बैकका अनुसार सम्बन्धित ब्याक्तिको नागरिक्ताको फोटोकपी र भारुको प्रयोजन सहितको निबेदनका आधारमा एक ब्याक्तिलाइ अधिकतम ५ हजार सम्म भारु सटही गर्न सकिने छ। बैकंले जिल्लामा कमिसनमा भारु नोटको कारोबार बढेकाले व्यापक अभाव भएको बताएको छ।

यता प्युठान प्रहरी प्रमुख रन्जित सिहं राठौरले भने भारतिय रुपैयां इजाजत प्राप्त संस्था बाहेक अरुले किनबेच गर्न नपाउने कानुन रहेकाले कालोबजारी गर्नेलाइ कारबाही गरिने बताए।ू यस बारे जानकारी आएको छैन।’ उनले भने,’ त्यस्तो अबैध काममा संलग्न भएको पाइए कारबाही गर्छौँ।’

– फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै