२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राप्तिमा घरदैलो गर्दै ‘सारङ्गी बचाउ’ अभियान

२०७२, २ फाल्गुन आईतवार ०३:३८

sarangi bauसलिम अन्सारी/फागुन २, प्युठान । देश तथा बिदेशका घट्नाक्रमलाइ गाउँका कुना कन्दरा सम्म सुचना दिने गतिलो संवाहकको रुपमा रहेका गाइने दाइहरु हिजोआज प्राय गाउँमा भेटिदैन्न, उनिहरुले सारङ्गी रेटेर गित गाएको सुन्न बिरलै पाइन्छ ।

बिहान देखि साझ सम्म सारङ्गी रेट्दा पनि जीवन चलाउनै धौ धौ भएपछी धेरैले आफ्नो पुर्खौली पेशा नै बदले, तर कतिपय गन्धर्वको मनले यो पेशालाइ चट्क्कै माया मार्न सकेका छैन्न । बरु उनिहरुले नयाँ पुस्तालाइ सारङ्गी बाजा चिनाउदै गित गाउँदै र आशिष दिदै हिडेँका छन । पेशा नै लोप हुँदै गए पनि पेशालाई टिकाउनमा समुदायको सहयोग कम हुँदै गएको बेला राप्ती अन्चलमा भने ‘सारङ्गी बचाउ’ अभियान थालिएको छ ।

नेपाली गित तथा संगित क्षेत्रको सारङ्गी बाजाको पहिचान लोप हुन लागेको भन्दै गन्धर्ब लोक संरक्षण मन्च रस्पुरकोट १ प्युठानले दाङबाट अभियान शुरु गरेको हो । गत पुस महिनाको २० गते देखि थालिएको पहिलो चरणमा राप्तिका पाच जिल्लामा अभियान सन्चालन गरिएको मन्चका अध्यक्ष धुर्ब बिरही गन्धर्बले जानकारी दिए ।

सारङ्गी गन्धर्बहरुको मात्र बाजा होइन, यसलाइ राज्यले पनि संरक्षण गर्नुपर्छ । उनले भने ” सारङ्गी बचाउन घरदैलो अभियान थालेका हौ ।” अभियानका क्रममा विभिन्न सांगितिक कार्यक्रम मार्फत गन्दर्ब जातिको सांस्कृतिक उत्थान,पहिचान र सारङ्गिको महत्व बारे जानकारी दिइएको उनको भनाइ छ । दाङ र रोल्पामा अभियान सम्पन्न गरे पश्चात् प्युठान आइपुगेको उक्त अभियानमा अर्घाखाँची, रुपन्देही, कपिलबस्तुका साथै राप्तिका ५ वटै जिल्लाका गन्दर्ब कलाकारहरुको सहभागिता रहेको छ।राप्तिमा सन्चालन गरिएको अभियानका लागि विभिन्न ३ वटा अभियान टोलि रहेको अध्यक्ष रन्जनले बताए ।

sarangi bau raptima

राप्तिमा अभियान सकेपछि सारङ्गि कसरी बज्छ ? भन्ने मूल्य र मान्यतालाइ अँगाल्दै देशब्यापी रुपमा “सारङ्गि बचाउ”अभियान लैजाने गन्दर्ब लोक सांस्कृतिक संरक्षण मन्चले जनाएको छ । “देशमा जहाँ जहाँ गन्दर्बहरुको बसोबास छ ती जिल्लामा विशेष गरि यो अभियान लैजान्छौ ।” अर्घाखाँची अर्घाका ४५ बर्षिय अभियानकर्ता ठाकुर गन्दर्बले भने ।”हाम्रो अभियान प्रभावकारी हुँदै गएको छ ।”

यो अभियानले बर्षौ देखि थिचोमिचोमा परेका गन्दर्ब जातिको उत्थानका लागि यो जातिका ब्याक्ती र सो सम्बद्ध संघसंस्थाहरुलाइ थप कृयाशिल बनाउने उनको बिश्वास छ । अपाङ्ग भएका ब्याक्तिको प्रतिभा उचाइमा पुर्याउन आफुहरुले उनिहरुलाइ पनि समाहित गरेको ठाकुरले सुनाए । अभियानकर्ताको टोलिमा दाङका अपाङ्ग चेत बहादुर केसि मुख्य आकर्षण हुन । दुबै खुट्टा लुलो भएका उनले आफ्नो नृत्य मार्फत अपाङ्गले पनि अबसर पाउने हो भने केहि गर्न सक्छन भन्ने गतिलो उदाहरण पेश गरेका छन ।

अभियानका क्रममा आर्थिक संकलन पनि गरिने र संकलित रकमबाट रुपन्देहिमा स्व गायक तिर्थ गन्धर्बको शालिक निर्माण गरिने गन्धर्ब लोक सांस्कृतिक संरक्षण मन्च प्युठानले बताएको छ । यो अभियान अहिले सम्म कै पहिलो भएकाले सहयोग गर्न समाजले सबैलाइ आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ