५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गाउँमा भेटाउनै गाह्रो सारङ्गी बाधक

४ फाल्गुन २०७२, मंगलवार ०८:२८

pyuthanफागुन  ४, प्युठान । गन्धर्ब समुदाय नेपालमा सांगितिक समाचार बाचकको रुपमा परिचित छन। कुनै समय देशमा घटेको घटनालाइ टपक्क टिपेर गित बनाएर सुनाउदै हिड्ने यी साँगितिक समाचार बाचकहरुको भरमा दुनियाँले घट्ना थाहा पाउंथे हिजोआज रेडियो टेलिभिजन पत्रपत्रीका र अन्य सन्चार माध्यमका कारण सारङ्गी बाधकहरु ओझेलमा परेका छन। यी सांङ्गितिक समाचार बाचकहरु अहिले गाउँ गाउँमा सारङ्गि बजाएर घट्ना दुर्घट्नाको समाचार भन्दै हिंडेको बिरलै पाइन्छ। १० बर्षे द्धन्द्ध अघि गाउँगाउँमा सारङ्गी रेटेर विरहका गीतलाई खानेकुरासंग साट्दै जीवन चलाउदै आएका गाईने दाईहरु द्धन्द्धको शुरुवाती संगै शहर पसे । सोहि समयमा कतिले पेशा परिर्वतन गरे भने कतिपयले जसो तसो पुख्र्याैली पेशालाई बचाई राखेका छन। यसरी सत्य घट्नालाइ गितको माध्यमबाट गाउंघरमा सबैलाइ जानकारी दिन सारङ्गी बजाउदै हिड्ने गाइने दाइहरु भेट्न अब मुस्किल पर्छ।

घर अर्घाखाँचिको अर्घा बताउने ४५ बर्षिय ठाकुर गन्दर्भ आफ्नो पुर्खौली पेशा जोगाउन कै लागि सारङ्गी रेटेर हिडदै गर्दा संयोगले भेटिए उनले सारङ्गी रेटेर जीवन चलाउनै मुस्किल परेको दुखेसो पोखे । ‘पुर्खाले सारङ्गी बजाएर गाउँ डुलेर खाने काम गरे, सम्पत्ति जमाउन सकेनन् ।’ उनले भने, ‘कतिले पुख्र्यौली पेशा नै परिर्वतन गरे त पेशा धानेकाहरु पनि राजधानी वा शहर केन्द्रित भएका छन् । ‘उतिबेला हामिले एक ठाउँमा भएको घट्ना अर्को ठाउँमा सारङ्गी बजाएर गित मार्फत सुनाउथ्यौं,हामिले भनेपछी मात्र अरुले ए फलानो गाउँमा त यस्तो भएको रैछ नि भनेर चाल पाउथेँ।” ठाकुर थप्छ्न,” अब आजभोली केही घट्ना घट्ने बित्तिकै रेडियो टेलिभिजनले फुकिहाल्छन,अचेल हाम्रो वास्ता हुनै छाड्यो।” उनले गुनासो गरे।वल्लो गाउँमा कसैको हत्या भए पल्लो गाउँमा खबर पुग्थ्यो सरकारले कुनै उर्दि जारी गर्यो अथवा कुनै घट्ना घटे जानकारी गराउने तत्कालिन समयका खबरका सुचक यिनै थिए।तर अहिलेका पुस्ताले यो बुझन सकेका छैन्न। ‘ गर्दैन्न कसैले गर्दैन्न छोडे अचेलका ठिटाहरुले के को गाउँ गाउँमा हिडेर बदनाम गर्ने हो भन्छ्न।कसैले लेबर काम गर्छन कोहि इन्डिया जान्छन मजदुरी गर्न। उनले तितो पोखे।

धेरैले पेशा परिर्वतन गरेपनि कतिपय गन्र्धवको मनले पुख्र्यौली पेशालाई चटक्कै माया मार्न सकेका छैन् । उनीहरुले नवपुस्तालाई सारङ्गी बाजा चिनाउदै गीत गाउदै आशिष दिदै हिडेका छन् । पेशा नै लोप हुदै गएपनि पेशालाई टिकाउनमा समुदायको सहयोग कम हुदै गएको छ । राजधानी र विभिन्न जिल्लाका सदरमुकाम सम्म पुग्ने गरेका गन्र्धव दाईहरु गाउँमा पुग्दा कसै कसैले त सुन्न चाख मान्छन र अलि दिन्छन कसैले पटककै चाख राख्दैन्न,दैलैबाट २०/५० रुपैयां पैसा दिन्छन गितै नगाइ फर्किनुपर्छ उनले थपे। सारङ्गी बजाउने कला र आफ्नो गला बेचेर बिहान बेलुकाको छाक टार्ने ठाकुरलाइ आफ्नो सन्ततिले पेशा छोडेको कत्ती मन परेको छैन।

pyuthan 1

उनका अनुसार आफ्ना सन्तानले समेत पेशा परिर्वतनको लागी सुझाव दिन थालेका छन् । दुख धेरै भएपनि धेरैले पुख्र्यौली पेशालाई सम्मान गर्न छोडेको प्युठान रस्पुरकोट्का २० बर्षिय युवा सन्तोष गन्धर्बको बुझाई छ । विहान देखि साँझ सम्म सारङ्गी रेटेर गीत गाउदा गलामा समस्या मात्र होईन्, घरबेटीहरुको अस्भाविक व्यवहार समेत खेप्नुपर्ने हुन्छ ।

आगामी दिनमा पुख्र्यौली पेशा परिर्वतन गरेर पहिचानलाई निमिट्यान्न पार्ने काम भन्दा पनि गाईने दाईहरु गाउँ प्रवेश गर्न सके पेशा सम्मानमा सहयोग पुग्ने छ उनले । गाँउको रोधि शहरमा दोेहारी साँझमा परिणत हुदा गाईने दाई पनि शहरकेन्द्रित बन्दा गाउँले जीवन विताईरहेका मनमा शुन्यता छाएको र सारङ्गी ओझेलमा पर्दै गएको भन्दै ‘सारङ्गी बचाउ अभियान’ थालिएको गन्धर्ब लोक सांस्कृतिक संरक्षण मन्च रस्पुरकोट प्युठानका अध्यक्ष धुर्ब बिरही रन्जनले बताए। उनले ‘ सारङ्गीको बचाउन र गन्दर्भ समुदायको संसकृति उत्थानमा राज्यले पहल गर्नु पर्ने’ सुझाए।उनिहरुलाई अब एउटै पिर छ, पैसा कमाउन लेवर काम गर्ने र भारत पस्ने आफ्ना छोराहरुले सारङ्गी बजाउनै बिर्सेर आफ्नो पेशै संकटमा पर्ने हो की ?

झलकमान गन्दर्भ, तिर्थबहादुर गन्दर्भ यिनै गन्दर्भका पुर्खा हुन जो समाजमा अहिलेसम्मानको पात्र हुन् । तर पछिल्लो नयाँ पुस्ताले आफ्नो पेशाप्रती देखाएको वितृष्णाले भोलीका दिनमा गन्दर्भ समुदायको यथार्थ परिचय गुम्ने लक्षण देखीएको छ । जसले नेपाली संस्कृतीमाथी प्रश्नचिन्ह खडा गरीदीएको छ ।

गन्दर्भ समुदाय आफै पनी यसको प्रबद्धनमा लाग्नु त पर्छ नै साथमा अरु समुदायले पनी उनीहरुलाई साथ सर्मथन र सहयोग गर्ने हो भने पक्कै पनी पहिचान जोगाउनकै लागी गन्धर्ब समुदायको नयाँ पिढि जागरुक हुनेछ । हिजोका दिनमा यो समुदायले नेपाली समाजलाई सुशुचीत गरेर दिएको योगदान सानो होईन ।मनोरन्जन संगै सांस्कृतिक संगितको जिबन्तता गन्धर्ब संगितको बिशेषता मानिन्छ।तर समाजको ईतिहास बताउनेहरु कै ईतिहास अर्कैले बताइदिन पर्ने अबस्था कसरी आयो? यस्को चित्त बुझ्दो उत्तर कहिकतै आएको पाइदैन।
लोकसंगीतको विकासमा विशेष भूमिका निर्वाह गर्ने गाईनेदाईहरुलाई हाम्रो पनि विशेष सम्मान छ ।

प्रस्तुती-सलिम अन्सारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू