२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान काङ्ग्रेसको सभापतीमा भण्डारी निर्बाचित

८ फाल्गुन २०७२, शनिबार १२:४४

pyuthan congressफागुन ८ प्युठान । नेपाली कांग्रेस प्युठानको सभापतिमा अमरप्रसाद भण्डारी निर्वाचित भएका छन् । १३ औँ अधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा प्रतिद्धन्द्धी शिव रिजाललाई ४५ मतले पछि पार्दै भण्डारी  सभापतिमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा भण्डारी ले २सय ४० र घिमिरेले १ सय ९५ मत ल्याएका हुन् । यस अघि भएको निर्वाचनमा विधान अनुसार बहुमत मत ल्याउन नसकेपछि सभापति चयनका लागि शनिबार फेरी भण्डारी  र रिजाल बिच चुनाव मार्फत प्रतिस्पर्धा भएको हो ।

सभापतिमा निर्बाचित भएपछि नवनिर्वाचित सभापति भण्डारीले  पार्टीलाई एकताबद्ध बनाउने र सबैको भावना अनुसार काम गर्ने बताए । आफ्नो बिजय नै सिंगो कांग्रेसको बिजयी भएको भण्डारीको भनाई छ ।

निर्वाचनमा हार व्यहोरेका नेताहरुलाई पनि साथमा लिएर जिम्मेवार र गतिशिल पार्टी बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । सबै तह र तप्काका नेता कार्यकर्ताहरु सँग सुझाबहरु संकलन गर्दै प्युठान कांग्रेसलाई गतिशिल र जिम्मेवार बनाउने उनको भनाई छ ।

उता सभापतिका प्रत्यासी शिव रिजालले अधिवेसनमा सहभागि सवैलाई धन्यवाद दिएका छन् । उनले लोकतन्त्रमा जितहार सत्य प्रक्रिया भएको भन्दै आगामी दिनमा आफू पार्टीमा अझ सक्रिय भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे