२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका लागि जग्गा दिने

२०७४, १४ पुष शुक्रबार ०९:२१

पुस १४, चितवन । भरतपुर महानगरपालिकाले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्न सकारात्मक देखिएको छ । 

नेपाल पत्रकार महासंघ चितवन शाखाका पदाधिकारीसँग आज बिहान महानगरमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघको अगुवाइमा निर्माण हुन लागेको केन्द्रका लागि महानगरभित्र आवश्यक जग्गा उपलब्ध गराउन महानगर सकारात्मक भएको हो । 

छलफलमा महानगर प्रमुख रेनु दाहालले भरतपुरमा नै केन्द्र स्थापना गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक जग्गा महानगरले उपलब्ध गराउने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको धुलिखेलमा सम्पन्न दोस्रो पूर्ण बैठकले चितवनमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । छलफलमा प्रमुख दाहालले आवश्यक जग्गा कहाँ हुन सक्छ भन्ने खोजी गर्न महासंघका पदाधिकारीलाई आग्रह पनि गर्नुभयो । आउँदो साता भरतपुर महानगरको पहिलो परिषद् हुँदैछ । 

केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने विषय परिषद्मा नै निर्णय गराई दिन महासंघले आग्रह गरेको छ । सरकारले सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्ने तयारी गरिरहेको छ । 

जसमध्ये एउटा केन्द्रीयस्तरको प्रशिक्षण प्रतिष्ठान केन्द्र बन्ने छ । महासंघले एउटा मात्र केन्द्र स्थापनाका लागि निर्णय गरेकाले चितवनमा बन्ने प्रतिष्ठान केन्द्रयीस्तरको हुने बताइएको छ । 

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घोषणापत्रमा नै केन्द्रीयस्तरको प्रशिक्षण प्रतिष्ठान चितवनमा बनाउने उल्लेख गर्नुभएको छ । 

भरतपुर महानगरकी प्रमुख दाहाल अध्यक्ष प्रचण्डकी छोरी हुनुहुन्छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टका अनुसार प्रशिक्षण केन्द्र गठन आदेश अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकारको पूर्ण स्वामित्वमा हुने केन्द्रमा पत्रकारका लागि छोटो र लामो समयका तालीम, प्रशिक्षण दिइने छ । नियमित तवरबाट तालीम दिइने यस्ता केन्द्रले पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पु¥याउने उहाँले बताउनुभयो । 

नेपाल पत्रकार महासंघको जिल्ला शाखाले भरतपुर महानगरसँग समानुपातिक विज्ञापन, लोककल्याणकारी विज्ञापन नीतिअनुरुप महानगरभित्र रहेका सञ्चारमाध्यममार्फत नै प्रकाशन प्रसारण गर्न, सञ्चारमाध्यमको अभिलेख व्यवस्थापन, संस्थागत बिकास र क्षमता अभिवृद्धि गर्न पनि माग गरेको छ । महासंघ र वडा कार्यालयको सार्वजनिक सुनुवाइ व्यवस्थित गर्न महासंघसँग समन्वय गर्न पनि माग गरेको छ । 

महासंघले पत्रकारको क्षमता अभिवृद्धि गर्न, संस्थागत विकास गर्न, महासंघको भवनलाई मिडिया सेन्टरको रुपमा विकास गर्न आवश्यक सहयोगको पनि अपेक्षा गरेको छ । 

छलफलमा महासंघका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा पत्रकारिता क्षेत्रको हालको अवस्थाका बारेमा जानकारी गराउँदै महानगरलाई आवश्यक सुझाव पनि दिनुभएको थियो । 

सो अवसरमा महानगर प्रमुख दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न महानगर सकारात्मक रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस