२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

दिहाल्ना पर्यटन तथा खेलकुद महोत्सव सुरु

२४ फाल्गुन २०७२, सोमबार १५:२१

सलिम अन्सारी/ फागुन २४, प्यूठान । पर्यटकीय हिसाबले मनोरम जिल्लाको उत्तरपूर्वी दिहाल्ना चौरमा ‘प्रथम दिहाल्ना पर्यटन तथा खेलकुद महोत्सव’ आज देखि सुरु भएको छ । लिवाङ–९ मा सोमबार देखि सुरु महोत्सबको पुर्ब उपप्रधान एव गृहमन्त्री बामदेव गौतमले उद्धघाट्न गरे। ूखेलकुद पर्यटन समबृद्धिको आधार,गन्तव्य दिहाल्ना हाम्रो सरोकार ।

नाराका साथ महोत्सबको आयोजना गरिएको हो। जिल्लाको लिवाङ ९ मा अवस्थित ६१ रोपनी क्षेत्रफलमा फैलिएकोे दिहाल्ना चौरलाई मध्यपश्चिम कै नमुना क्रिेकट रङ्गशाला निर्माण गर्न राज्यको ध्यानाकर्षण गराउन महोत्सव सञ्चालन गर्न गरिएको हो ।

महोत्सवले दिहाल्नामा लालीगुराँस रङ्गशाला, होम स्टे सञ्चालन, मुर्चुल टावर, योगाश्राम, फन पार्क, पिकनिक स्पोर्ट र दिहाल्नादेखि पर्यटकीयस्थल गौमुखी हुँदै ढोरपाटनसम्मको पदमार्ग निर्माणका लागि टेवा पुर्याउने दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको योजना छ ।
महोत्सव अबधिभर जिल्लास्तरीय टि–ट्वाण्टी कप क्रिकेट प्रतियोगिता, स्थानीय स्तरको सरायँ नाच, खुला भलिबल प्रतियोगिता, स्थानीय झाँकी, राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुति सन्चालन हुनेछ्न। जिल्ला सदरमुकाम खलङ्गाबाट १७ कोष दूरीमा अवस्थित दिहाल्नाचौर समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा पर्छ । दिहाल्नाचौरबाट माछापुच्छे«, धवलागिरि र जलजला हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मेला आयोजक दिहाल्ना चौर पर्यटन बिकास समितिका अध्यक्ष गोबिन्द गिरिले जिल्लाको ग्रामिण भेगमा पहिलो पट्क सन्चालन गरिएको यस्तो महोत्सबबाट जिल्लाको पर्यटन र खेलकुद क्षेत्रको प्रबद्धनमा कोशेढुङ्गा साबित हुने बिश्वास लिए।
‘महोत्सवले ग्रामीण पर्यटनको विकासमा सघाउंने छ’,अध्यक्ष गिरीले भने,

प्युठान प्रसस्त पर्यट्किय संम्भावना बोकेको जिल्ला भए पनि यहांको पर्यट्न क्षेत्रको बिकासमा राज्यले प्रयाप्त लगानि नगर्दा पछि परेको औलाए। जिल्लालाइ पर्यट्किय गनतव्यका रुपमा बिकास गर्न राज्यले देख पुर्याउनुपर्नेमा उनले जोड दिए।महोत्सबको २९ गते विशेष समारोहका बिच समापन गरिने आयोजकले जनाएको छ।

जिल्लामा खेलकुदको बिकास र प्रबद्धनका लागि ‘स्वास्थ्यका लागि दौड’ भन्ने उद्देश्यले गत भदौमा दाखाक्वाडीको बेलुवावगरदेखि दम्दीसम्म प्रथम मैत्रीपूर्ण म्याराथुन दौड प्रतियोगिता समेत सम्पन्न गरिएको अध्यक्ष गिरीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह