2026-10-15 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरलाई ‘छोरीमैत्री’ बनाउने अभियान

पुस १४, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर र गुर्भाकोट नगरपालिकाको छोरी जन्मिए निःशुल्क बैंक खाता खोलिदिने निर्णय कार्यान्वयनमा आएको छ । उक्त निर्णय गरेको सात महिनाको अवधिमा वीरेन्द्रनगर नगरपालिकाका ३३ जनाले बैंक खाता खोलेका छन् । खातामा नगरपालिकाले एक हजार रुपैयाँ जम्मा गरिदिएको छ ।

यसले छोरीलाई सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्न प्रोत्साहन पुग्ने नगरपालिकाको दाबी छ । छोरीमाथि गर्भदेखि नै विभेद भइरहेकाले अब वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्न लागेको नगरपालिकाले जनाएको छ । ‘भ्रुण हत्याको कारण छोरीको जन्मदरमा कमी आएपछि सामाजिक संरचना नै खल्बलिने अवस्था आयो’ वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, ‘यसलाई रोक्न हामीले वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्दैछौं ।’ विकास भनेको भौतिक निर्माण मात्र नभएर सामाजिक रुपान्तरण पनि भएको सुवेदीले बताए ।

छोरी भएकै कारण भ्रुणमै हत्या गर्नेमाथि कारबाही हुने उनले दाबी गरे । उनले भने, ‘छोरी भएकै कारण अब गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले छुट पाउँदैनन् ।’ उपमेयर मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा छोरीका लागि सम्मानपूर्ण वातावरण सिर्जना हुने दाबी गरिन् । पाँच वर्षभित्र भ्रुण हत्यालाई पूर्णरूपमा बन्द गर्ने योजना रहेको ढकालले बताइन् ।

त्यसैगरी गुर्भाकोट नगरपालिकाले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको छ । पुस पहिलो हप्ता सम्पन्न गुर्भाकोट नगर कार्यपालिकाको बैठकले नगरभित्रका अनाथ बालवालिकालाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । अनाथ बालवालिकाको शिक्षालाई मध्यनजर गरेर यस्तो निर्णय गरेको उपमेयर मैना बिकले बताइन् । ‘यसको लागि नगरभित्र रहेका अनाथ बालवालिकाको तथ्याङ्क संकलन गर्दैछौं’ उनले भनिन्, ‘तथ्याङ्क संकलनपछि कार्यान्वयनतर्फ लाग्नेछौं ।’

त्यसैगरी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम, बालविवाह न्यूनीकरणको लागि किशोरकिशोरी भेटघाट तथा ७० वर्ष माथिका जेष्ठ नागरिक भेटघाट कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । त्यस्तै पाठेघर क्यान्सर पीडित महिला तथा किशोरीहरुका लागि पनि विभिन्न योजनाहरु अघि बढाएको उपमेयर बिकले बताइन् । सुर्खेतमा पाँच नगरपालिका र चार वटा गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने