2026-08-16 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

निजी लगानीमा विद्यालयको भवन निर्माण

प्रकाश धौलाकोटी/बैशाख १०, तेह्रथुम । तेह्रथुमको पौठाक स्थित जनप्रिय उच्च माविलाई स्थानीय एक समाजसेवीले २० लाख रुपैयाँ लागतको चार कोठे पक्की भवन निर्माण गरिदिनुभएको छ ।

बिद्यालयलाई भवन अभाव हुँदा समस्या हुन थालेपछि पौठाक–६, सिरीङ्गबारी निवासी गोकर्ण चोङ्गवाङले आफ्नो निजी लगानीमा ४ कोठे भवन निर्माण गरिदिनुभएको हो । भवनको शुक्रबार सभासद भवानीप्रसाद खापुङले विद्यालयको ५७ औँ वार्षिक उत्सवका अवसरमा हस्तान्तरण तथा समुद्घाटन गर्नुभएको छ ।

बिद्यालयलाई निजी लगानीमा भवन निर्माण गरिदिनुभएका चोङ्गवाङले विद्यालयको वार्षिक उत्सवका अवसरमा आफ्नी स्वर्गीय माता सीता चाङ्गवाङको स्मृतिमा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ । अक्षयकोषको व्याजबाट विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने विद्यालयका प्रद्यानाध्यापक डेनुप्रसाद गौतमले जानकारी दिनुभयो ।

सांसद भवानीप्रसाद खापुङ्गको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सवको समापन कार्यक्रममा विद्यायलका प्रद्यानाध्यापक गौतमले ६३ लाख वराबरको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुली , राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरुले विद्यालयको सैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमान पंधाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट