२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले बनायो बिजुली निकाल्ने सोलार राजमार्ग ! (भिडियो सहित)

२०७४, १५ पुष शनिबार १३:३७

पुस १५, बेइजिङ | चीनले विश्वलाई नै उछिन्दै पहिलो सोलार राजमार्ग निर्माण गरेको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।

यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

यस्ता छन् सोलार मार्गको विशेषता 

चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् ।

यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।

चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिनेछ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गरिनेछ ।


कति खर्च लाग्यो ?

एक किलोमिटरको सोलर राजमार्गमा ६३,२०० स्क्वायर फिटको क्षेत्र ढाकिएको छ। चीनको टोङ्गजी विश्वविद्यालयका ट्रान्सपोर्ट इन्जिनियरिङ्गका वैज्ञानिक झ्याङ्ग होङ्गचाओले भने, 'यो राजमार्गले सामान्य राजमार्ग भन्दा १० गुणा धेरै भार थाम्न सक्छ । तर यसको लागत प्रतिस्क्वायर मिटर ४५८ डलर अर्थात करिब ४० हजार नेपाली रुपैयाँ रहेको छ । जुन सामान्य राजमार्ग भन्दा धेरै महँगो हो ।

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते