२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीकोटमा सडक निर्माणको काम द्रुत गतीमा

२०७४, १५ पुष शनिबार १५:५१

पुस १५, कालीकोट । कालीकोट जिल्ला स्युना, सिप्खाना जिल्ला सडक आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । 

कर्णाली करिडोरको सान्नीगाढलाई जिरो प्वाइन्ट बनाएर साबिकको सिप्खाना गाविसको सेराचौरसम्म जम्मा १८ किलोमिटर सडक निर्माण गरेको ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणलाई द्रुत गतिमा लिएको छ ।

सडकको उद्घाटन तथा बेलायती राजदूत रिचार्ड मारेरिसको भ्रमण हुने भएपछि सडक निर्माणलाई गति दिन खोजिएको हो । सडक निर्माण अन्तिम चरणमा पुगेका बेला बेलायती राजदूतको भ्रमण हुने पूर्व सूचना आएपछि सडकलाई पूर्णता दिनका लागि रास्कोट नगरपालिका र ग्रामीण पहुँच कार्यक्रमले चासो दिएको छ । 

बेलायती जनताको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम तेस्रो चरणले निर्माण गरेको सान्नी सेराचौर सडकलाई आधिकारिक रुपमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्नका लागि बेलायती राजदूत रिचार्ड मोररिस रास्कोट आउने भएका हुन् ।

उनले आफ्नो देशका जनताको सहयोगमा निर्माण भएको सडकको स्थलगत अनुगमन गर्ने र आधिकारिक रूपमा रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उनी जनवरी २९ तारिखका दिन काठमाडौंबाट प्रस्थान हुनु पूर्व सूचना आएको छ । यद्यपि पछि कार्यक्रमको सूचना फेरबदल पनि हुन सक्ने ग्रामीण पहुँच कार्यक्रमका इन्जिनियर तथा टिम लिडर रमेश खोताखोले बताए ।

बेलायती राजदूत रास्कोट आउने र सडक नगरपालिकालाई हस्तान्तरण गर्ने भएकाले सडकको निर्माणलाई जोड दिएको छ । गाडी गुडे पनि कतिपय ठाउँमा बाटो राम्रोसँग नबनेकाले राजदूत आउने मितिसम्म सडकलाई पूर्णता दिनका लागि ग्रामीण पुहुँच कार्यक्रमकका कर्मचारी र रास्कोट नगरपालिका कसिएर लागेको छ ।

डीएफ आईडीको ३२ करोड १ लाख ६ हजार २ सय ९५ लागतमा स्युना सिप्खानाको १ किलोमिटर सडक निर्माण हुनेछ । थोरै मात्र बाँकी रहेको सडकलाई माघको पहिलो सातासम्म पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । काम पूरा हुने बित्तिकै माघ २० सम्ममा राजदूतको हातबाट सडकको औपचारिक उद्घाटन तथा नगरपालिकालाई हस्तान्तरण गरिने छ । त्यहाँसम्म बाटोलाई पूर्णता दिन नगर प्रमुख बरालले आफूले गर्ने काम समयमै गर्ने र बाँकी रहेका अन्य कामहरू गर्न ग्रामीण पहुँच कार्यक्रमलाई निर्देशनसमेत दिएका छन् ।

सडकको अन्तिम बिन्दु सेराचौर र त्यस आसपासका जग्गा विवाद मिलाउन वडा नम्बर २ का अध्यक्ष दयाराम सिम्खाडालाई भनिसकेको उनले बताए । उता वडा अध्यक्ष दयाराम सिम्खाडाले पनि सडकजस्तो विकासको पूर्वाधारलाई कसैले पनि अवरोध गर्नुहँुदैन भन्ने कुराको महŒव आफूले सबै जग्गा धनीलाई बुझाएकाले जग्गा विवादले फेरि कुनै झमेला नहुने उनको विश्वास छ ।

ग्रामीण पहँुच कार्यक्रमले रास्कोटमा १८ किलोमिटर र पचाल झरना गाउँपालिकाअन्तर्गत साबिकको राम्नाकोट जारकोटमा ५ किलोमिटर सडक निर्माण गरिरहेको छ । जारकोटको बाटो सम्पन्न हुन अझै १५ महिना लाग्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ