2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलान दोलखाको अध्यक्षमा पोखरेल निर्वाचित

ताराबहादुर महत । पुस १६, दोलखा । मेडिकल प्रयोगशालाकर्मीहरुको छाता संगठन मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) दोलखाको पहिलो जिल्ला सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ ।

सम्मेलनले सर्वसहमत रुपमा सन्तोष पोखरेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष विमला सापकोटा, सचिव उद्धव दाहाल र कोषाध्यक्ष सञ्जु थामी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुजना पोखरेल, शुसिल खड्का, कर्मसिंह गुप्ता, कल्पना कार्की, विरेन्द्र यादव, नन्दु घिसिङ, कल्पना गिरी, अस्मिता खड्का र सजाता कार्की रहनुभएको छ ।

मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) का केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालको प्रमुख आतिथ्यतामा चरिकोटमा पहिलो जिल्ला सम्मेलन आयोजना गरिएको थियो । जिल्लाका स्वास्थ्य संस्थाहरुको प्रयोगशालाकर्मीहरुको प्राविधिकहरुको पेशागत हक हितको सुनिश्चित गर्नुको साथै जनपक्षिय र व्यवस्थित प्रयोगशाला बनाउने उद्धेश्यले  मेलान दोलखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताउनुभयो । नवनिर्वाचित कमिटीको कार्यकाल तीन बर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई