चैत्र १७, प्युठान। नेकपा एमाले समर्थित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको नया कार्यसमिती चयन भएको छ । संगठनको आज बड्डाडांमा सम्पन्न जिल्ला अधिबेशनले इस्माइल मियांको अध्यक्षतामा १५ सद्सयिय नया कार्यसमिती चयन गरेको हो ।
जस्को उपाअध्यक्षमा मर्सदिन मियां, सचिवमा सलिम अन्सारी, सहसचिबमा अजिम मियां र कोषाअध्यक्षमा नजिर मिया सर्बसहमतिले चयन हुनुभएको इत्तेहाद प्युठानले बताएको छ । त्यस्तै सद्स्यहरुमा जुनेद अलि, साहिरा निशा, जाहिरा खातुन, सफिउल्ला हलुवाइ अत्तहर हलुवाइ र इन्सुफा खातुन चयन भएका छन । तीन बर्षे कार्याबधी रहेको उक्त समितिको अन्य चार सद्स्य पछि मनोनित गरिने समेत बताइएको छ ।
अधिबेशनले इत्तेहादको सल्लाहकार परिषदमा मोहम्मद हकिम मियाको सयोजक्तवमा तीन सद्स्य समिती चयन गरेको छ । सापदिन अलि र जमिर मियां परिषदको सद्स्य रहेका छन् । अध्यक्षमा निर्बाचित भएपछि बोल्दै इस्माइल मियांले संगठनले मुस्लिम हक हित र अधिकारका लागि सधै आवाज बुलन्द गर्ने बताउनुभयो ।