2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा महिला र बालबालिकामाथि शारिरीक र मानसिक दुव्र्यहार

पुस १६, सुर्खेत । सुर्खेतका महिला तथा बालबालिकामा सबैभन्दा बढी शारिरीक र मानसिक दुव्र्यहार हुने गरेको एक तथ्याङ्कले देखाएको छ । 

महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आवाज संस्था सुर्खेतले वीरेन्द्रनगरमा सार्वजनिक गरेको तथ्याङ्कले यस्तो तथ्य देखाएको हो ।

आइतबार वीरेनद्रनगरमा पत्रकार सम्मेलन गरी संस्थामा सन् २०१७ भरीमा परेका महिला तथा बालबालिका सम्बन्धी मुद्दाको बारेमा जानकारी संस्थाका संस्थापक अध्यक्ष ईराधा गौतम पराजुलीले सबैभन्दा बढी शारिरीक तथा मानसिक दुव्र्यवहार सम्बन्धी मुद्धा रहेको बताईन् ।

यो अवधीमखा संस्थामा दर्ता भएका जम्मा २ सय ६४ मुद्दामध्ये सबैभन्दा बढी १ सय १८ वटा मुद्दा शारिरीक तथा मानसिक दुव्र्यहार सम्बन्धी रहेको उनले जानकारी दिईन् । उनका अनुसार शारिरीक यातना पनि महिला तथा बालबालिकामाथि बढी नै हुने गरेको देखिन्छ । संस्थामा शारिरीक यातना भएको भनी ६३ वटा मुद्दा दर्ता भएका छन् भने वहुविवाह सम्बन्धी मुद्दा २६ वटा दर्ता भएको अध्यक्ष गौतमले जानकारी दिईन् ।

अंग्रेजी वर्षको अन्तिम दिन सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यो एक वर्षभरीमा सम्बन्ध विच्छेदका २१ वटा मुद्दा दर्ता भएका छन् भने अवसरबाट वञ्चितसम्बन्धी १२ वटा मुद्दा परेका छन् । अध्यक्ष गौतमका अनुसार बालविवाह र बलात्कारसम्बन्धी मुद्दा सात÷सात वटा यो एकवर्षभित्र दर्ता भएका छन् । 

त्यसैगरी यौन शोषणसम्बन्धी ४, बच्चा हराएको भनी ३, सामाजिक कुप्रथाका कारण भोग्नुपनरेको यातनासम्बन्धी २ र बेचविखनसम्बन्धी एउटा मात्रै मुद्दा यो वर्ष आवाज संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने