2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

साउदी जेलमा रहेका नवलपरासीका युवालाई रिहाइ गराउनका ब्लड मनी संकलन

पुस १७, नवलपरासी । झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । 

आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभियानअन्तर्गत नेपाल र नेपाल बाहिरबाट समेत सहयोग रकम आउनेक्रम जारी छ । 

आप्रवासी कामदार हकहित संरक्षण मञ्चले अभियान नै सञ्चालन गरी पछिल्लो पटक नेपालमा संकलित रु दुई लाख चार हजार १८७ बराबरको चेक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पीडित भुसालकी आमा यमकला भुसाललाई हस्तान्तरण गर्नुभयो । 

चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले छोटो समयमा भए पनि आर्थिक रकम संकलन कार्यमा सबैले सहयोग गरी अर्थिक संकलन गर्न सकिएको भन्दै यो अभियान सफलतातर्फ उन्मुख भएको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा आप्रवासी हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले अब थानेश्वर भुसाललाई नेपालमा ल्याउन धेरै दिन कुर्न नपर्ने भएको बताउनुभयो । 

कार्यक्रममा शामी परियोजनाकी परामर्शदाता दाता रञ्जना लम्सालले देश तथा विदेशमा रहेका नेपालीको सहयोगले आफूहरुले भुसाललाई छुटाउनका लागि आवश्यक रकम पु¥याउन लागेको बताउनुभयो । 

विसं २०६८ असोज ६ गते साउदी गएका थानेश्वर भुसाल विसं २०६९ जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको टिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी दुई जनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह