२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा लालीगुराँस गोल्डकप आजदेखि सुरु

२०७३, १० बैशाख शुक्रबार १९:५१

rectangle_bannerप्रकाश धौलाकोटी । तेह्रथुम, ११ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा आजबाट दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा यहाँको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्ड कपको यो संस्करणमा काठमाडौँ सहित पुर्वाञ्चलका चर्चित आठ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल आजै दिउँसो दुई २ बजेबाट संखुवासभा जिल्ला फुटबल संघ र जनजागृति युवा क्लब हिले धनकुटाबीच हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिनुभयो ।

वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन लागेको हो । प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लबसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा जिल्ला फुटबल संघ, मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको जनजागृति युवा क्लब, हिले र सिंहदेवी युवा क्लब, सिधुवा, मोरङकै टीडब्लुवाईसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लबका महासचिव विजय सोदेम्बाले बताउनुभयो ।

game

प्रतियोगिता अन्तर्गतको दोस्रो खेल बैशाख १२ गते म्याङलुङ्ग नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि, काठमाडौँ, तेस्रो खेल बैशाख १३ गते आयोजक पाथीभरा सामुदायिक युवा क्लब बसन्तपुर र टीडब्लुवाईसी विराटनगर तथा चौथौ खेल बैशाख १४ गते सिंहदेवी युवा क्लब धनबुटा र बेलबारी फुटबल क्लब मोरङ बीच हुनेछ । बैशाख १५ गते सेमीफाइनल चरणका दुई खेल हुनेछन् भने प्रतियोगिताको उपाधिकालागि बैशाख १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।

यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताको यो संस्करणको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खासगरी यहाँको गुराँसे बनको संरक्षण सम्बन्धी सचेतना बढाउने र पर्यटन प्रवर्धन गराउने उदेश्यले गोल्ड कप सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । गोल्ड कपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आरआर गार्डेन, पाँच पोखरी, गुफापोखरी, मेन्छ्यायेम डाँडा, पाथीभरा लगायत क्षेत्रको पर्यटन प्रवर्धनकालागि महत्वपुर्ण योगदान गर्ने राष्टिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो । आजभोलि यो क्षेत्रमा गुराँस फुलेर राताम्मे भएको छ । गोल्ड कपको अवधिभर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र डेढ करोड बढीको कारोवार हुने आकलन आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा