२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

११ भाद्र २०७२, शुक्रबार ०७:१५

सन्तोषकुमार गुप्ता/भदौ ११, भालुवाङ ।
देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिन बिहिबार सम्म ढाई लाख बढी नगद रकम संकलन भएको छ । अहिले सम्म २ लाख ४६ हजार ८ सय २२ रुपैयाँ नगद दान प्राप्त भएको छ ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिन बढी नगद दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा दिनप्रदिन भक्तजनहरुको सहभागिता संगै दान रकम संकलनमा समेत बृद्धि हुन थालेको छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजनामा शुरु भएको महायज्ञको पाँचौ दिन आयोजक विद्यालयका प्रचार्य बासुदेव बेल्बासेले २५ हजार २ सय ५१, सफल मर्रासिनी २५ हजार १ सय ११, सोही विद्यालयका पूर्व प्राचार्य कृष्णबहादुर कार्की १६ हजार १ सय ५१, अञ्चला यादव ११ हजार १ सय ११, झवि गिरी १० हजार १ सय, पवित्रा थापा १० हजार १६ रुपैयाँ, कृष्णप्रसाद सुवेदी ५ हजार १ सय ११, बहादुरकर्ण केसी ५ हजार ५, डमादेवी बस्नेत ५ हजार २०, ओमकला खनाल ३ हजार १ सय १५, बलनारायण श्रेष्ठ ३ हजार १ सय, स्तुति मर्रासिनी ३ हजार २, आसमा मर्रासिनी ३ हजार २ रुपैयाँ र अन्य दान प्राप्त गरी कुल १ लाख ५३ हजार १ सय ९९ सय दान प्राप्त भएको श्रीमद्भागवत मूल समारोह समितीका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बासुदेव बेल्बासेले जानकारी दिए ।

 

त्यस्तै महायज्ञको चौथो दिन ६१ हजार ५ सय ९३ नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए । बुधबार मात्रै घोषणा गरेको रकम सहित भने १ लाख बढी नै संकलन भएको बेल्बासेले जानकारी दिए । त्यस्तै बुधबार मात्रै ३ क्वीन्टल चामल र ३० लिटर तेल समेत दान भएको आयोजकले जनाएको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको महायज्ञमा आउने दानदाता र श्रदालुभक्तजन धेरैको संख्यामा भएको भए पनि बन्द हड्तालका कारण उहाँहरु आउन नपाउँदा दान रकम संकलनमा केही कमी आएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताउए ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

उहाँहरुलाई यस महायज्ञ सम्म ल्याउनका लागि समेत तयारी भईरहेको सुवेदीको भनाई छ । महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट आउने जानकारी पाए पनि बन्दहड्तालका कारण ल्याउन नसकिएको अध्यक्ष सुवेदीले बताए । महायज्ञको पाँचौँ दिन समेत सयौँ भक्तजनहरुको सहभागिता रहेको थियो ।

कालाकाटेको महायज्ञमा साढे दुई लाख बढी संकलन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ