१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसी बजारमा भिषण आगलागी, आगो नियन्त्रणबाहिर

१८ पुष २०७४, मंगलवार १५:२०

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भिषण आगलागी सुरु भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले भिषण रुप लिएको छ । आगोले उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट भइसकेको छ । 

ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको छ । 

आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दमकल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘आगो नियनत्रण गर्ने अन्य बिकल्प छैन, दिक्तेलबाट दमकल झिकाएका छौँ,’ मेयर राईले भने, ग्याँस पनि पड्किरहेकाले नियन्त्रण लिन अप्ठ्यारो भइरहेको छ ।’ 

दिक्तेलबाट हिँडेको दमकल कम्तीमा दुई घण्टापछि मात्र हलेसी पुग्ने भएकाले आगोले ठूलो क्षती हुने अनुमान गरिएको छ । बाक्लो बजारमै सुरु भएकाले आगोले हलेसीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताए । 

आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक