2026-10-15 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक लाख पुरस्कार राशीको वक्त्वकला प्रतियोगिता हुने

पुस १८, सुर्खेत । सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको वतृत्वकलात्मक प्रतियोगिता हुने भएको छ । 

प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुन लागेको हो । 

मंगलवार वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा पिएसडिका प्रवन्ध निर्देशक एवम् कम्पिटिशनका संयोजक प्रेमकुमार विसीले सुर्खेत जिल्लाका सवै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको बताए ।

सफलताका लागि वतृत्वकला नै सवैभन्दा ठूलो कुरा भएकाले भोलीका भविश्य विद्यार्थीलाई वतृत्वकलामा प्रखर बनाउन र सफल बनाउन प्रतियोगिता गर्न लागिएको बताए । 

प्रतिस्पर्धा अडिसन, सेकेन्ड, एलिमेशन, टप् फाइभ र फाइनल गरी पाँच चरणमा सञ्चालन गरिनेछ । त्यसका लागि अडिसन र सेकेण्ड राउण्ड जिल्लाभर तीन ठाउँमा हुने पिएसडिले जनाएको छ । 

प्रतिस्पर्धाका लागि सिम्ता, गुर्भाकोट, भेरीगंगा र लेकवेशी समेटेर पूर्वी इलाका, वीरेन्द्रनगर र चिङ्गाड समेटेर मध्य इलाका तथा वराहताल, पञ्चपुरी र चौकुने समेटेर पश्चिम इलाकामा विभाजन गरिएको छ ।

जसअन्तर्गत अडिसन राउण्डमा पूर्वी इलाकाका विद्यार्थीले मेहेलकुनामा, मध्य इलाकाका विद्यार्थीले वीरेन्द्रनगरमा तथा पश्चिम इलाकाका विद्यार्थीले बावियाचौरमा प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै सेकेण्ड राउण्डको प्रतिस्पर्धा पूर्वी इलाकाको छिन्चु, मध्य इलाकाको वीरेन्द्रनगर र पश्चिम इलाकाको बड्डीचौरमा गरिने पिएसडिले जनाएको छ । पहिलो अडिसनबाट २४ जना छनौट गरी सेकेण्ड राउण्डमा पुग्ने र सेकेण्ड राउण्डबाट १२ जना एलिमिनेशनमा छानिने संयोजक विसीले बताए ।

उनकाअनुसार एलिमिनेशनमा प्रतिस्पर्धा गरिसकेपछि टप् फाइभमा पर्नेछन् भने टप् फाइभमा एसएमएस भोटिङ्ग खुला गरिनेछ । फाइनलमा एसएमएसको २५ प्रतिसत र निर्णयाकको ७५ प्रतिशत निर्णयको मान्यता दिइने निर्णायक मण्डल संयोजक भानुभक्त खड्काले बताए । 

इच्छुक विद्यालयबाट दुई जना अनिवार्य छात्रासहित पाँच जना विद्यार्थीको विवरण विद्यालयको आधिकारिक लेटर प्याडमा लेखि केही शर्तसहित सहभागि गराउन सकिनेछ ।

आयोजकका अनुसार प्रतिस्पर्धाबाट पहिलो हुने विजेताले एक लाख रुपैयाँ, फस्र्ट रनरअफले ५० हजार, सेकेण्ड रनरअफले २५ हजार, स्मार्ट पर्फमरले १० हजार र स्मार्ट भोइस उपाधि प्राप्त गर्नेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

पिएसडिले कार्यक्रमका लागि जिम्मेवारी बाँडफाटसमेत गरेको छ । जसअनुसार विसीलाई संयोजक, खड्कालाई निर्णायक संयोजक, क्षेत्र तिमिल्सेनालाई विषय विज्ञ, दीपेन्द्र ओलीलाई सञ्चार संयोजक र रंगा सिंहलाई प्रविधि संयोजन प्रमुखको जिम्मेवारी दिइएको छ । 

प्रतिस्पर्धात्मक कार्यक्रमलाई सुर्खेतको एक रेडियो स्टेशन, एक टेलिभिजन तथा अनलाइन पत्रिका, फेसबुक र युट्यूवमार्फत् प्रशारणसमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने